चार करोडमा २८ सडक बन्ने

काठमाण्डु टुडे २०७० असोज ७ गते ५:३९ मा प्रकाशित

विराटनगर, ७ असोज– मोरङ जिल्लामा एकैपटक २८ वटा सडक निर्माण सुरु भएको छ । हरेक गाविसलाई जिल्ला सदरमुकाम विराटनगरसँग जोड्ने उद्देश्यले चार करोडको लागतमा सडक निर्माणका आयोजना सुरु भएको हो ।

बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआइडी)को परियोजनाअन्तर्गत ४८ किलोमिटर ग्राभेल तथा आठ किलोमिटर कालोपत्रे सडक निर्माण गरिने छ । त्यसकालागि ९० प्रतिशत काम पूरा भइसकेको जिल्ला विकास समितिका डिभिजन इन्जिनियर समर खनालले बताए ।

यसैगरी मोरङको केराबारी, बेलबारी, लेटाङ, कटहरी, डाँगीहाट, सोराभागलगायत गाविसमा सडक निर्माण कार्य सञ्चालित छन् । २८ वटा सडक योजनामध्ये ११ वटा योजनाको काम दसैं अगाडि सम्पन्न गरिने र बाँकी योजना दसैँपछि सुरु गर्ने योजना छ ।

सडक बनेर घर आँगनमै सार्वजनिक सवारी साधन आउने भएपछि ग्रामीण क्षेत्रमा बासिन्दा उत्साहित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us