वर्तमान सरकार तानाशाही बन्योः ओली

काठमाण्डु टुडे २०८३ साउन १ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन ।

उनले केही दिनअघि जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणबारे भन्दै अत्यारको पराकाष्ट भएको समेत बताए । ओलीले भने, ‘एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ट भएको छ ।

लछारपछार गर्ने प्रकारका क्रियाकलाप भए, ‘त्यस्तो हुन हुँदैन भनेर विराटनगरमा प्रदर्शन गरे । शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाउने । यस्तो तानाशाशी भन्दा बढी तनाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ ।’ साथै, उनले मिडियाका गेट अगाडि पार्किङ गरिएको घटनाबारे बोल्दै सरकारबाटै उक्त कार्य गराइएको आरोप समेत लगाएका छन । उनले भने, ‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ ।

ती गाडी सकुशल फकाइन्छन्, कुनै कारबाही हुँदैन । किनभने निर्देशित ढंगबाट ती काम सरकारले लगाएको छ, अनि कसरी कारबाही हुन्छ ?’ ओलीले भने ।

यसले जनताको सहिष्णुतामाथि खेलवाड र अपमान भएको समेत बताएका छन । उनले भने, ‘जनताको सहिष्णुतामाथिको यत्रो खेलवाड, अपमान रु गेटमा गाडी तेर्स्याएको कसले सहन्छ, सहनुपरेको छ । हुन नहुने कुरा पनि सहनुपरेको छ । फासिजम भनेको यही हो, ‘यस्तो पनि हुन्छ सरकार रु यस्तो पनि हुन्छ राज्य रु यस्तो पनि हुन्छ समाज ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us