भेडा च्याङ्ग्राको मूल्य तोकियो

काठमाण्डु टुडे २०७० असोज ८ गते ५:२४ मा प्रकाशित

Bheda-Chyangraकाठमाण्डु, ८ असोज – आगामी चाडपर्वलाई मध्येनजर गरी जिउँदो भेडाच्याङ्ग्राको मूल्य तोकिएको छ । जीवित भेंडाको प्रतिकिलो ४ सय ७५ र च्याङ्ग्राको ४ सय ५० मूल्य निर्धारण गरिएको हो । तोकिएको अधिकतम मूल्यभन्दा बढिमा बिक्री गर्नेलाई कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

आगामी दसैं तिहारमा भेडाच्याङ्ग्राको मूल्य चर्कोरुपमा वृद्धि नहोस् र सर्वसाधारणलाई मर्का नपरोस् भनेर मूल्य निर्धारण गर्नुपरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले बताए । निर्धारित मूल्यभन्दा बढी रकम लिई विक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्ने उनको भनाई छ । मूल्य निर्धारण गरेपछि मुस्ताङबाट बेनी, बाग्लुङ, कुस्मा, पोखरामा लगेर सस्तोमा बिक्री गर्ने प्रवृत्ति निरुत्साहित हुने स्थानीय प्रशासनको विश्वास छ ।

बिक्रीका लागि च्याङ्ग्राको मासु प्रतिकिलो ८ सय र भेडाको मासु ७ सय २५ रुपैयाँ मूल्य तोकिएको छ ।

यसैगरी ब्रोइलर कुखुराको थोक मूल्य ३ सय र खुद्रा मूल्य ३ सय ४० तोकिएको छ । राँगाको थोक मूल्य २ सय ८५ र खुद्रा मूल्य ३ सय २५ निर्धारण गरिएको छ । यस्तै अण्डा प्रतिवटा थोक मूल्य नौं, खुद्रा मूल्य १० तथा माछा प्रतिकिलो थोक मूल्य ३ सय खुद्रा मूल्य ३ सय ४० रुपैयाँ तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us