तनहुँका होटल नौं बजे बन्द

काठमाण्डु टुडे २०७० असोज ८ गते ४:५४ मा प्रकाशित

दमौली, ८ असोज – दसैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन तनहुँ सदरमुकाम दमौलीका होटल तथा रेष्टुराँहरू ९ बजेभित्र बन्द गरिने भएको छ ।

चाडपर्वहरूमा चोरी, डकैती, लुुटपाटका साथै आपराधिक घटनाहरू हुन नदिन सुरक्षालाई ध्यानमा राखी त्यस्तो निर्णय गरिएको प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले बताए । चाडपर्वका बेला जुवा, तास र मदिरा नियन्त्रण गर्न स्थानीयले दिएको सुझाव यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

प्रहरीले होटलमा आउने पाहुनाको अभिलेख राख्ने र त्यो अभिलेख भोलिपल्ट नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने नियम समेत लगाएको छ ।

भेलामा सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us