चितवनमा बजार बन्द

काठमाण्डु टुडे २०७० असोज ४ गते ४:५४ मा प्रकाशित

चितवन, ४ असोज–चितवनका व्यवसायीले शुक्रबार नारायणगढ बजार बन्द गराएका छन् । नारायणगढस्थित लक्ष्मीनारायण बस्त्रालयलाई राजस्व विभागले चार करोड ५८ लाख रुपैयाँ जरीवाना तोकेको विरोधमा उद्योग वाणिज्य संघ चितवनको आह्वानमा बजार बन्द गरिएको हो ।

संघले बुधबार भेला आयोजना गरी शुक्रबार जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रन अपिल गरेको थियो । अन्याय र प्रतिशोधपूर्ण ढंगले बस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई धान्नै नसक्ने गरी जरिवाना तोेकीएको संघको ठहर छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष तिलचन्द्र भट्टराईले ७ गते नारायणी अञ्चल र आसपासका उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायीहरुसँग छलफल गरी थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us