टाटा–सिंगापुर एयरलाइन्सबीच साझेदारीले एयर एशियामा दरार

काठमाण्डु टुडे २०७० असोज ५ गते १३:२० मा प्रकाशित
नयाँदिल्ली । सिंगापुर एयरलाइन्ससँग मिलेर टाटा समूहले पूर्ण सुविधाको विमान सेवा सञ्चालन गर्ने निर्णयपछि टाटा साझेदार रहेको अर्को विमान कम्पनी एयर एशिया jahajइण्डियाको भारतीय साझेदार विच्किएको छ । एयर एशियाको भारतीय साझेदार टेलिस्ट्रा ट्रेड प्लेसका प्रमुख अरुण भाटियाले सिंगापुर एयरलाइन्ससँग शुक्रवार टाटा समूहले गरेको सम्झौता व्यवसायिक आचारसहिंता विपरित भएको बताए । उनले यो निर्णय सुनेर आफू आश्चर्यचकित भएको समेत बताए ।एयर एशिया इण्डियामा टाटा समूहको ३० प्रतिशत, भाटियाको २१ प्रतिशत र एयर एशिया मलेसियाको ४९ प्रतिशत हिस्सेदारी राखेर बजेट एयरलाइन्स सुरु गर्ने निर्णय भएको थियो । यो विमान कम्पनी आगामी केही महिनामा सञ्चालनमा आउने तयारीमा छ । भाटियाले टाटाले सिंगापुर एयरलाइन्ससँग गर्न लागेको साझेदारी आफूलाई गुमराहमा राखेर गरिएको बताए, यस विषयमा टाटाले मलाई जानकारी दिनुपर्दथ्यो, उनले भने । एकै पटकमा एकै क्षेत्रमा दुई वटा संयुक्त लगानीमा काम गर्नु व्यवसायिक मर्यादा विपरित भएको समेत उनले बताए । उनीहरुले दुई विमान कम्पनीको व्यवासायिक हिसाव किताव कसरी गोप्य राख्न सक्छन् र मुनाफा कमाउन सक्छन् भन्दै प्रश्न समेत गरे ।
म एयरलाइन्स व्यापारबाट बाहिरिने अवस्था छैन्, यदी टाटा सन्सले एयर एशिया इण्डियाको आफ्नो हिस्सेदारी विक्री गर्छ भने म किन्न तयार छु, उनले भने । उनले यस विषयमा सेप्टेम्वर २८ मा बस्ने बोर्ड बैठकमा यस विषयमा कुरा राख्ने समेत जानकारी दिए । दिल्लीमा आधारित भाटियाका कान्छा छोरा अमित माटियाले विश्वका धनीमध्येका एक लक्ष्मीनाथ मित्तलकी छोरी भानिषासँग विवाह गरेका छन् ।
टाटा सन्सका प्रतिनिधीले भने यस विषयमा प्रष्टिकरण दिन चाहेनन् । तर अधिकारीहरुले भने टाटाले सिंगापुर एयरलाइन्ससँग गरिरहेको छलफल मलेसियाली साझेदार टोनी फर्नान्डेजलाई जानकारी भएको बताएका छन् । उनले यस विषयमा छलफल गर्न टाटालाई अनुमति दिएको समेत बताइएको छ ।

बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us