
जुम्ला, ७ असोज–गुणस्तरहीन स्याउका कारण जुम्लाका व्यापारीले दुई लाख रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको छ । स्थलमार्गबाट करिब १४ टन स्याउ सुर्खेत र नेपालगन्ज पुर्याएपछि स्याउ कुहिनुका साथै त्यसको तौलमा कमी आएको र त्यसबाट आफूलाई दोब्बर घाटा भएको पातारासी गाविसका व्यापारी पूर्णबहादुर बोहराले बताए ।
‘स्याउ खरिद चार लाखमा गरियो तर नाफाका त कुरै छोडौैं, बरु दुई लाख घाटा भयो,’ उनले दुखेसो पोखे ।
प्रतिकेजी ३० रुपैयाँमा खरिद गरेका बोहराले अन्य क्षेत्रबाट आएका स्याउभन्दा जुम्लाका स्याउले बजार पाउन नसकेपछि प्रतिकेजी १५ रुपैयाँमा बिक्री गर्नुपरेको व्यापारीहरु बताउँछन् ।