काठमाण्डु , १२ असोज– यो साता सेयर कारोबार रकम र नेप्से दुबै घटेको छ । साताभरमा ५४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर मात्रै कारोबार भएको छ । केही साता अघिको तुलनामा यो निकै कम हो । गत साताको तुलनामा पनि यो कारोबार रकम...
१२ असोज – काठमाण्डु उपत्यका र आसपास क्षेत्रमा अवरुद्ध नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ । उपत्याका तीनवटै जिल्ला र सिमाना जोडिएका नुवाकोट, सिन्धुपाल्चोक र धादिङका केही क्षेत्रमा बिहान करिब ४ घण्टा पोष्टपेड र प्रिपेड मोबाइल सेवा अवरुद्ध भएको थियो । टेलिकम अधिकारीहरुले...
काठमाण्डु ११ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट वक्तव्यमा परेका राष्ट्रिय प्राथमिकता प्राप्त विद्युत आयोजनाहरुको काम युद्धस्तरमा अघि बढाउन आग्रह गरेका छन । नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री कोइरालाले त्यसका लागि अर्थ मन्त्रालयले तत्काल थप एक अर्ब रुपैयाँ दिने बताए ।...
काठमाण्डु, ११ असोज–नेपाल अन्तराष्ट्रिय गुणस्तर संस्था (आइएसओ)को पूर्ण सदस्य बनेको छ । यसअघि नेपाल पत्राचार सदस्य मात्र रहेको थियो । संस्थाको यही सेप्टेम्वरमा सोभियत रुसको सेन्ट पिटर्सवर्गमा आयोजित ३६ औं साधारण महासभाले नेपाललाई पूर्णसदस्यता प्रदान गरेको हो । पूर्णसदस्यता आगामी जनवरी सन् २०१४ देखि...
काठमाण्डु, ११ असोज–३४ औं विश्व पर्यटन दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘पर्यटन र पानी बचाऔं हाम्रो साझा भविष्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । पर्यटनक्षेत्रसँग सम्वन्धित विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरेका छन् ।...
धादिङ, १० असोज – धादिङको पृथ्वी राजमार्ग आसपास क्षेत्रका होटलहरुले खसीको मासु भन्दै यात्रुलाई बाख्राको मासु खुवाउने गरेको रहस्य खुलेको छ । होटल व्यवसायीले खसीको मासुको दरमा झुक्याएर बाख्रोको मासु बेच्ने गरेको गुनासोका आधारमा अनुगमन गर्दा बाख्रोको मासु बेच्ने गरेको पुष्टि भएको हो ।...
मकवानपुर, १० असोज– म्याद नाघेका पेय पदार्थ विक्री वितरण गर्दै आएको बोटलर्स नेपालको हेटौडास्थित डिलर नारायणी सप्लायर्समा स्थानीय प्रशासनले शिलवन्दी गरेको छ । अनुगमनको क्रममा ठूलो मात्रामा म्याद नाघेका पेय पदार्थ फेला परेकाले शिलवन्दी गरेको प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालले जानकारी दिए ।...
काठमाण्डु, १० असोज –काठमाण्डु उपत्यकाका शहरी क्षेत्रमा केबुलकार बनाउन फ्रान्स सरकारले चासो देखाएको छ । नेपालस्थित फ्रान्सेली दूतावासका कार्यवाहक राजदूत भर्जिन कोर्टेवालले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई विहीबार विहान भेटेर काठमाण्डु उपत्यकाका सहरी क्षेत्रमा केबुलकार निर्माण लगानी गर्ने इच्छा देखाएका हुन् । काठमाण्डुको बढ्दो सवारी साधनको...
काठमाण्डु–सरकारले राष्ट्रिय गौरवका २१ वटा आयोजनाका लागि साधन स्रोतको अभाव हुन नदिने प्रतिबद्धता दोहोरयाएको छ । ती आयोजनाका वारेमा बुधवार मन्त्रिपरिषद कार्यालयमा भएको प्रगति समीक्षा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले त्यस्तो प्रतिबद्धता दोहोरयाएका हुन । राष्ट्रिय गौरवका आयोजनामा साधन र स्रोतको...
काठमाण्डु– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशबाट आयातित फर्निचरले ६० प्रतिशत नेपाली बजार ओगट्नु दुःखद विषय भएको बताएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो–२०१३ को बुधबार काठमाण्डुमा उद्घाटन गर्दै मन्त्री कोइरालाले आन्तरिक उत्पादन र आयातको असन्तुलन कम गर्ने उपायको खोजीका लागि सहकार्य गर्न सरकार तयार...
काठमाण्डु, ९ असोज– नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नोट अभाव नहुने जनाएको छ । राष्ट्र बैंकले पर्याप्त मात्रामा नयाँ नोटको मौज्दात रहेकाले नोटको चिन्ता नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले थापाथलीस्थित केन्द्रीय कार्यालयबाट नयाँ नोट सटहीको काम भइरहेको...
काठमाण्डु, ८ असोज – अल्पाइन मिटले उपत्यकाका विभिन्न स्थानमा आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले व्यवस्थित पशु वधशालामा उत्पादन गरिएका उत्पादन ती विक्री केन्द्रमार्फत बजारमा विक्री वितरण गरिने मंगलवार जारी प्रेस विज्ञप्तिमा छ । कम्पनीले काठमाडौंको धापासी, सुकेधारा, थापागाउँमा शोरुम सञ्चालनमा ल्याएको हो...