बोटलर्स नेपालको डिलरमा शिलवन्दी

काठमाण्डु टुडे २०७० असोज १० गते ५:५३ मा प्रकाशित

Makwanpur_District_Nepaliमकवानपुर, १० असोज– म्याद नाघेका पेय पदार्थ विक्री वितरण गर्दै आएको बोटलर्स नेपालको हेटौडास्थित डिलर नारायणी सप्लायर्समा  स्थानीय प्रशासनले शिलवन्दी गरेको छ । अनुगमनको क्रममा ठूलो मात्रामा म्याद नाघेका पेय पदार्थ फेला परेकाले शिलवन्दी गरेको प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालले जानकारी दिए ।

केही दिन अघि हेटौडा बसपार्कबाट म्याद सकिएका बोटलर्स नेपालबाट उत्पादित पेय पदार्थ बरामद भएपछि डिलरमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा डिलरमा ठूलो मात्रामा म्याद नाघेका पेय पदार्थ भेटिएपछि शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बोटलर्स नेपालले कोक, फ्यान्टा, स्प्राइट जस्ता पेय पदार्थ उत्पादन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us