धादिङका होटलमा बाख्रीका मासु

काठमाण्डु टुडे २०७० असोज १० गते १५:२० मा प्रकाशित

goatधादिङ, १० असोज – धादिङको पृथ्वी राजमार्ग आसपास क्षेत्रका होटलहरुले खसीको मासु भन्दै यात्रुलाई बाख्राको मासु खुवाउने गरेको रहस्य खुलेको छ ।
होटल व्यवसायीले खसीको मासुको दरमा झुक्याएर बाख्रोको मासु बेच्ने गरेको गुनासोका आधारमा अनुगमन गर्दा बाख्रोको मासु बेच्ने गरेको पुष्टि भएको हो । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले अनुगमनका क्रममा होटलहरुमा बाख्राको मासु भेटिएको काठमाण्डु टुडेलाई जानकारी दिन ।

उनले गल्छीदेखि नौविसेसम्म ३० भन्दा बढी  होटलले खसीको भनेर बाख्राको मासु खुवाउने गरेको पाइएको बताए । अनुगमन टोलीले नौविसेका दमैसिङ तितुङको खोरबाट काट्न ठीक पारिएका चारवटा बाख्रा भेटेको छ । तितुङसहित अन्य तीन होटल सञ्चालकलाई एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा हारिज हुने अनुगमन समितिले पुर्जी काटेको छ । अनुगमन समितिले बाख्राको मासु बेच्नेलाई कडा कारबाही गरिने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us