
काठमाण्डु, ११ असोज–नेपाल अन्तराष्ट्रिय गुणस्तर संस्था (आइएसओ)को पूर्ण सदस्य बनेको छ । यसअघि नेपाल पत्राचार सदस्य मात्र रहेको थियो ।
संस्थाको यही सेप्टेम्वरमा सोभियत रुसको सेन्ट पिटर्सवर्गमा आयोजित ३६ औं साधारण महासभाले नेपाललाई पूर्णसदस्यता प्रदान गरेको हो । पूर्णसदस्यता आगामी जनवरी सन् २०१४ देखि लागू हुने छ ।
यससँगै नेपालको अन्तराष्ट्रिय बजारमा निर्यात व्यापार प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धी हुने सरकारको विश्वास छ । तर, यसका लागि प्रमाणिकरण सम्बन्धी कानूनहरु निर्माण गरी गुणस्तर ऐन परिमार्जन गर्नुपर्ने हुन्छ ।