काठमाण्डुमा केबुलकार बनाउन फ्रान्स इच्छुक

काठमाण्डु टुडे २०७० असोज १० गते ५:२६ मा प्रकाशित

DSC00060काठमाण्डु, १० असोज –काठमाण्डु उपत्यकाका शहरी क्षेत्रमा केबुलकार बनाउन फ्रान्स सरकारले चासो देखाएको छ । नेपालस्थित फ्रान्सेली दूतावासका कार्यवाहक राजदूत भर्जिन कोर्टेवालले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई विहीबार विहान भेटेर काठमाण्डु उपत्यकाका सहरी क्षेत्रमा केबुलकार निर्माण लगानी गर्ने इच्छा देखाएका हुन् ।

काठमाण्डुको बढ्दो सवारी साधनको चाप नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम गर्न केवुलकार प्रभावकारी हुने उनको भनाई थियो । धेरै देशमा आपूmहरुले गरेकोे यसखाले परीक्षण सफल भएको बताउँदै राजदूत कोर्टेवालले नेपालमा पनि सम्भाव्यता अध्ययन गर्न चाहेको बताइन् ।

सो अवसरमा मन्त्री कोइरालाले बढ्दो इन्धन खर्च कम गर्न यसखाले परियोजना सार्थक हुने बताउँदै तर यो सेवा सहुलियतपूर्ण हुनुपर्ने बताएका थिए । पर्यटकीय र वातावरणीय दृष्टिले पनि केवुलकार सेवा फलदायी हुने उनको विश्वास थियो । मन्त्री कोइरालाले इन्धन खपत कम गर्न विद्युतीय प्रविधिको विकास नेपालमा आवश्यक भएकोमा जोड दिँदै उर्जामा आत्मनिर्भरतासँगै यसको उपयोगिता थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

भेटघाटमा फ्रान्सबाट आएका केबुलकार विज्ञहरु पनि सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us