आज विश्व पर्यटन दिवस

काठमाण्डु टुडे २०७० असोज ११ गते ४:०१ मा प्रकाशित

world-tourism-day-2013-logoकाठमाण्डु, ११ असोज–३४ औं विश्व पर्यटन दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘पर्यटन र पानी बचाऔं हाम्रो साझा भविष्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

पर्यटनक्षेत्रसँग सम्वन्धित विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाल पर्यटन बोर्डको आयोजनामा शुक्रबार विहान काठमाण्डुमा प्रभातफेरी निकालिएको छ । बिभिन्न नाकाबाट नेपाल भित्रिने पर्यटकलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक बर्ष सेप्टेम्बर २७ तारिकमा विश्व पर्यटन दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सन्देश दिदै राष्ट्रसंघका महासचिव वानकी मुनले विश्वव्यापी रुपमा पानीको स्रोत खतरामा परेकोबेला यो दिवसले पानी संरक्षणमा जोड दिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us