धादिङमा काटिएको खसीको मासु काठमाण्डुमा

काठमाण्डु टुडे २०७० असोज ८ गते १२:४६ मा प्रकाशित
काठमाण्डु, ८ असोज  – अल्पाइन मिटले उपत्यकाका विभिन्न स्थानमा आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले व्यवस्थित पशु वधशालामा उत्पादन गरिएका alpine meatउत्पादन ती विक्री केन्द्रमार्फत बजारमा विक्री वितरण गरिने मंगलवार जारी प्रेस विज्ञप्तिमा छ । कम्पनीले काठमाडौंको धापासी, सुकेधारा, थापागाउँमा शोरुम सञ्चालनमा ल्याएको हो ।
अल्पाइन मिटले धादिङको भूमेस्थान गाविस वडा न ८ खयरबारीमा निर्माण आधूनिक वधशाला निर्माण गरेको छ । अल्पाइनले उत्पादन गरका गूणस्तरीय र फ्रोजन गरिएको खसिको मासुको हाललाई ४०० र ८०० ग्रामको  प्याकेटमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले मिक्स मीट, आन्द्रा, भुँडी, कलेजो, खट्टा, टाउको जस्ता पार्टको अलग अलग प्याक गरि बजारमा ल्याएको मंगलवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अल्पाइनले खसी काट्नुअघि  स्वास्थ जाँचिएको र काटेपछि मासूको गूणस्तर मापन गरेर बजारमा ल्याइने जानकारी दिएको छ । मानब स्वास्थलाई फाइदा नगर्ने छाला र बोसो जस्ता भागलाई मासुबाट हटाइएको र मासूलाई संक्रमणबाट जोगाउन बधशालाभित्र स्टिनलेस स्टिलका औजार र प्रशोधित पानीको मात्र प्रयोग गरिएको पनि कम्पनीको दावी छ ।
बधशाला भित्र काम गर्ने कामदारलाई छूट्टै पोशाकको ब्यबस्था गरिएको र उनीहरु स्वस्थ हुन जरुरी छ भन्ने कूरालाइ ध्यानमा राखी प्रत्येक छ÷छ महिनामा स्वास्थ जाच गर्ने व्यबस्था गरिएको तथा कम्पनीले प्याकेजिङ गर्ने मासुमा फरमालिन नराखिएको पनि कम्पनीले जानकारी दिएको छ ।
अल्पाइनले डाक्टरले स्वास्थ जाचेर काट्न सिफारिस गरेका खसिलाई प्रशोधित पानीले पखाली बिद्यूतिय झट्का दिई बेहोस पारिने र बेहोस पारीएका खसिलाई ह्याङिग रेलमा झुण्ड्याएर काट्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us