सातामा ५४ करोडको सेयर किनबेच, नेप्से सात अंकले घट्यो

काठमाण्डु टुडे २०७० असोज १२ गते १३:१५ मा प्रकाशित
काठमाण्डु , १२  असोज– यो साता सेयर कारोबार रकम र नेप्से दुबै घटेको छ । साताभरमा ५४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर मात्रै कारोबार भएको छ । केही साता अघिको nepseतुलनामा यो निकै कम हो । गत साताको तुलनामा पनि यो कारोबार रकम ७.१२ अंकले कम हो । गत साता ५८ करोड ७९ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।
गत साता विहीवार ५४८.९८ मा बन्द भएको बजार यो साताको विहीवार ५४१.७ मा आइपुग्यो ।
चार्डपर्वको मौसम शुरु हुन लागेको र सूचीकृत कम्पनीहरुको लाभांश घोषणा पनि लगानीकर्ताहरुले अपेक्षा गरेभन्दा कम प्राप्त हुने देखिएपछि बजारमा लगानी घटेको विश्लेषकहरु बताउँछन् ।
यो साता होटेल समूहमा सबैभन्दा धेरै चार प्रतिशतको वृद्धि भयो भने बीमा समूह सबैभन्दा धेरै तीन प्रतिशतले घट्यो । वित्त कम्पनी र बिकास बैंक समूहमा झिनो सुधार देखिए पनि बैंकिङ समूह भने बढ्न सकेन । सातामा कैलाश बिकास बैंकको सबैभन्दा धेरै चार करोड ९७ लाख रकमको सेयर बिक्री भयो । यो साता एलाइन्स इन्स्योरेन्स कम्पनीको एक लाख ४७ हजार ७ सय २४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us