दसैंमा नोट अभाव नहुने राष्ट्र बैंकको दाबी

काठमाण्डु टुडे २०७० असोज ९ गते ३:१९ मा प्रकाशित

काठमाण्डु, ९ असोज– नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नोट अभाव नहुने जनाएको छ ।
nepal-rastra-bank-copy_20120515090004राष्ट्र बैंकले पर्याप्त मात्रामा नयाँ नोटको मौज्दात रहेकाले नोटको चिन्ता नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले थापाथलीस्थित केन्द्रीय कार्यालयबाट नयाँ नोट सटहीको काम भइरहेको जानकारी दिए । राष्ट्र बैंकले दसैंको मुखमा भीडभाड बढी हुने भएकाले अहिल्यैदेखि नोट सटही गर्न थालिएको बताएको छ ।
यसपटक दसैंमा ३० अर्ब रुपैयाँ बराबरको नोट सटही हुने अनुमान गरेको छ । नपुग भए मागका आधारमा थप रकम व्यवस्था गर्ने पनि बैंकले जनाएको छ । यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थालाई समेत आगामी हप्ताबाट नयाँ नोट उपलब्ध गराउने तयारी भइरहेको राष्ट्रबैंकले जनाएको छ । फूलपातीको अघिल्लो दिनसम्म तोकिएका काउण्टरबाट नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us