काठमाडौँ उपत्यकाको मोबाइल सेवा सुचारु

काठमाण्डु टुडे २०७० असोज १२ गते ४:५९ मा प्रकाशित

telecom १२ असोज – काठमाण्डु उपत्यका र आसपास क्षेत्रमा अवरुद्ध नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ ।
उपत्याका तीनवटै जिल्ला र सिमाना जोडिएका नुवाकोट, सिन्धुपाल्चोक र धादिङका केही क्षेत्रमा बिहान करिब ४ घण्टा पोष्टपेड र प्रिपेड मोबाइल सेवा अवरुद्ध भएको थियो । टेलिकम अधिकारीहरुले प्राविधिक समस्याका कारण मोबाइल सेवा अवरुद्ध भएको र मर्मत गरी सेवा सुचारु गरिएको बताएका छन् । एक्कासि टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us