टानमा धमला प्यालनको वर्चश्व

काठमाण्डु टुडे २०७० असोज ५ गते २:४० मा प्रकाशित

काठमाडौँ । पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ अध्यक्षमा रमेश धमला विजयी भएका छन् ।

ramesh-2 गएराति अबेर सार्वजनिक गरिएको मत परिणामका अनुसार जाङ्बु शेर्पालाई पराजित गर्दै धमला निर्वाचित भएका हुन् ।  धमलाले खसेको कुल ५ सय ७ मतमध्ये ३ सय २१ मत पाएका थिए । शेर्पाले भने २ सय ६१ मत मा चित्त बुझाए । यस्तै धमला समूहकैबाटै वरिष्ठ उपाध्यक्षमा केशव पाण्डे, प्रथम उपाध्यक्षमा कामी रिञ्जी शेर्पा, द्वितीय उपाध्यक्षमा कुलबहादुर गुरुङ, महासचिवमा सागर पाण्डे, सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा गोपालबाबु श्रेष्ठ र सह–कोषाध्यक्षमा तिलकबहादुर थापामगर विजयी हुनुभएको छ । गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ टेन्डी शेर्पा, नवराज गौली, आङपेम्बा शेर्पा, राजेन्द्र सापकोटा, निलहरि बास्तोला, मेघनाद तिमल्सिना र धनप्रसाद गुरुङ सदस्यमा विजयी भएका छन् । २१ सदस्यी हुने टानको कार्यसमितिका बाँकी ४ सदस्य पछि कार्यसमितिले मनोनयन गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us