कुशुमदेवीले पाइन् प्रभूको एक केजी चाँदी

काठमाण्डु टुडे २०७० असोज १३ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, १३ असोज– प्रभू मनि ट्रान्सफरले दशैं, तिहार र छठका अवसरमा सार्वजनिक गरेको उपहार योजनाको पहिलो विजेताको नाम घोषणा गरेको छ ।
prabhu‘प्रभूको पास लिउँ दशैं तिहार र छठ खुसीले मनाऔं’ भन्ने नारा तय गरिएको यस उपहार योजनाअनुसार जनकपुरकी कुशुमदेवीले एक किलोग्राक सिल्भर जितेकी छन् । उनको नाम लक्की ड्रमार्फत आइतबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो ।

एक केजी सिल्भर विजेता कुशुमदेवीले आफन्तले कतारबाट प्रभू मनि ट्रान्सफरको माध्यमबाट पठाएको ४० हजार रुपैँया जनकपुरस्थित नेपाल बैंक लिमिटेडबाट बुझेकी थिइन् । प्रभू मनी ट्रान्सफरले छठसम्मको अवधिमा प्रभू मनिबाट पैसा पठाउने र बुझि लिने व्यक्तिको नाम र नम्मर लक्की ड्र मा समावेश गर्ने गरेको छ ।

प्रभूले थप दुइजनालाई एक केजी सील्भर र एक जनालाई सेन्ट्रो कार उपहार पनि यसैगरी लक्की ड्र  बाट सार्वजनिक गर्ने प्रभू म्यानेजमेन्टका मार्केटिङ डाइरेक्टर दक्ष पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us