चुनाव उपयोग र बहिस्कार दुवैलाई चन्दा दिदैछन् व्यापारी

काठमाण्डु टुडे २०७० असोज १४ गते ७:१६ मा प्रकाशित
chanda

चुनाव वहिस्कारका लागि चन्दा रकम माग गर्दै नेकपा–माअ‍ोवादीले पठाएको पत्र

काठमाण्डु–१४ असोज–चुनावको बेला आर्थिक सहयोग अनिवार्य जस्तै हो । चुनावमा चन्दा दिएपछि चुनावपछि लाभ लिन सकिने दाउमा ठुला–ठुला उद्योगी व्यापारीले ठुलो रकम सहयोग गर्छन । यस्तो प्रचलन प्राय सवै ठाँउमा हुन्छ नै । तर, आगामी ४ मंसिरमा तोकिएको संविधानसभाको निर्वाचनका लागि भने ठुला व्यापारीकहाँ दुई थरि पत्र पुगेका छन् । चन्दाका लागि चुनाव उपयोग र वहिस्कार गर्ने दुवैपक्षका पत्र पाएपछि व्यापारीहरु कसलाई कति सहयोग गर्ने भन्नेमा अलमलमा परेका छन् ।

संविधानसभा उपयोग गर्ने प्रमुख चार राजनीतिक शक्ति र निर्वाचन आयोगमा दर्ता भएका साना–साना पार्टीले चन्दाका लागि उद्योगी व्यापारीकहाँ पत्र पुयाएका छन् । पार्टीका स्थानीय समितिदेखि केन्द्रसम्ममा आर्थिक संकलन समिति गठन गरेर चन्दा उठाउने काम शुरु भएको छ । एकातिर चुनावका लागि आर्थिक सहयोग माग्नेहरु छन् भने अर्कोतिर नेकपा–माओवादी नेतृत्वको चुनाव वहिस्कारको नारा अगाडि सारेको ३३ दलीय मोर्चा पनि चन्दा संकलनमा लागेको छ । चुनाव वहिस्कारको आन्दोलन सफल बनाउन भन्दै व्यापारी उद्योगी कहाँ चन्दाका लागि पत्र पु¥याएको स्रोतका भनाई छ ।  चुनाव लडने पार्टीलाई चन्दा दिएपछि वहिस्कार गर्ने शक्तिलाई पनि दिनुपर्ने बाध्यता आईलागेको एक प्रतिष्ठत व्यापारीघरानाका सदस्यले जानकारी दिए । उनका अनुसार वहिस्कार गर्ने टोलीलाई चन्दा सहयोग नगरे उद्योग व्यवसायमा क्षति पुग्न सक्ने भय धेरैलाई छ ।
चुनाव उपयोग गर्ने शक्तिलाई सहयोग नगरे चुनावपछि आफ्ना व्यापार व्यवसायमा नकरात्मक प्रभाव पर्न सक्ने भयले व्यवसायीहरुले चन्दा दिने मनस्थिति बनाएका छन् भने वहिस्कार गर्ने शक्तिलाई सहयोग नगरे आफ्नो व्यापार–व्यवसायमा भौतिक क्षति हुन सक्ने त्रासका कारण उनीहरुलाई पनि सहयोग गर्ने मानसिकता उद्योगी–व्यापारीहरुले बनाएका छन । ‘कसलाई कति दिने भन्ने मात्र हो, चन्दा त दुवैपक्षलाई नै दिनुपर्ने बाध्यता छ’ वैकर समेत रहेका एक व्यावसायीले भने, ‘सवै व्यापारीले आफ्नो स्वार्थ र सुरक्षा हेरेर रकम दिनुपर्ने अबस्था छ ।’
ठुला ठुला व्यापारीहरुले त सभासद् बन्ने रहरमा समेत राजनीति दलहरुलाई करोडौ चन्दा दिने गरेका छन् । विगत संविधानसभामा २० लाखदेखि दुई करोडसम्म सहयोग गरेर केहि व्यापारीले सभासद् बन्ने अवसर पाएका थिए । चुनाव वहिस्कारको नीतिलाई सफल पार्न भन्दै बाँडिएका पत्र अधिकाँश औद्योगिक घरानाकहाँ पुगिसकेको छ । चन्दा सहयोग नआए भौतिक कारवाही गर्ने समेत चेतावनी दिइएको नेकपा–माओवादी निकट जनस्यमसेवक संघका एक केन्द्रीय सदस्य काठमाण्डुटुडेलाई बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us