अर्थ

दशैंमा महङ्गीले ढाड सेक्यो

२०७० असोज २२ गते ३:१४

धनगढी, २२ असोज । वडा दशैंको चहलपहल बढ्दै गएका बेला मालसामानको मूल्य बढेपछि सर्वसाधारणहरु मारमा परेका छन् । कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्कीलगायतका बजार क्षेत्रमा दशैंका लागि मालसामान किनमेल गर्नेहरुको घुइँचो बढेसँगै कतिपय सामानको मूल्य पनि चर्को भएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् ।...

औद्योगिक व्यापार मेलामा बाह्र करोड व्यापार

२०७० असोज २२ गते २:०८

भक्तपुर, २२ असोज । भक्तपुर उद्योग वाणिज्य संघ तथा नेपाल–चीन उद्योग वाणिज्य संघ भक्तपुर च्याप्टरको संयुक्त आयोजनामा सानोठिमीस्थित खेल मैदानमा सञ्चालित पाँचदिने भक्तपुर औद्योगिक व्यापार मेलामा १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत बिहिबारदेखि सुरु भएर सोमबार साँझ सम्पन्न सो मेलामा १५...

बझाङमा खाद्यान्नभन्दा मदिरा बढी आयात

२०७० असोज २२ गते १:५७

बझाङ, २२ असोज – सुदूरपश्चिमको विकट जिल्ला बझाङमा दशैंको आगमनसँगै खाद्यान्नभन्दा मदिरा अत्यधिक आयात हुने गरेको छ । असोज महिना सुरु भएपछि तराईबाट आउने मालबाहक ट्रकमा अन्य मालसामानभन्दा मदिरा अत्यधिक भित्रिने गरेको पाइएको छ । यो समयमा दशैं, तिहारसँगै स्थानीय चाडपर्व पर्ने भएकाले अन्य...

जलस्रोतमा बिश्व बैंकको लगानी बढाउन अर्थमन्त्री अमेरिका प्रस्थान

२०७० असोज २१ गते १८:१२

काठमाण्डु २१ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइराला विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको यही असोज २४ देखि २७ गतेसम्म अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने संयुक्त वार्षिक बैठकमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन । विश्व बैंकको गर्भनरमा अर्थमन्त्री र वैकल्पिक गर्भनरमा अर्थसचिव रहेका छन...

घरेलु उत्पादनको थप प्रवद्र्धन आवश्यक – अर्थमन्त्री

२०७० असोज २१ गते १४:४२

काठमाण्डु, २१ असोज– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र मुलुकले आर्थिक विकासमा फड्को मार्ने भएकाले यसका लागि घरेलु उत्पादनको थप प्रवद्र्धन आवश्यक भएको बताएका छन् । राष्ट्रिय घरेलु उद्योग विकास समितिले सोमबार राजधानीमा गरेको समीक्षात्मक बैठक तथा रणनीतिक कार्यक्रममा मन्त्री कोइरालाले स्थानीय उत्पादनको विकासका...

रिडी हाइड्रोपावरले १४ करोडको सेयर बेच्ने

२०७० असोज २१ गते २:१७

गुल्मी, २१ असोज–गुल्मीको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्री सुरु गरेको छ । प्रभावित परिवारलाई जारी पुँजीको १० प्रतिशत सेयर खुला गर्नुपर्ने व्यवस्था भएअनुसार गुल्मी तथा पाल्पाका लागि खुला गरिएको हो । कम्पनीको जारी पुँजीमध्ये ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्नुपर्ने...

मह महोत्सवमा दुई करोड ३० लाख कारोबार

२०७० असोज २१ गते १:१६

काठमाण्डु, २१  असोज – ‘मह सेवन, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ काठमाण्डुको राष्ट्रिय सभागृहमा भएको प्रथम राष्ट्रिय मह महोत्सवमा दुई करोड ३० लाख कारोबार भएको छ । यही असोज १७ गतेदेखि सुरु भएर आइतबारसम्म चलेको महोत्सवबाट मह मात्र बिक्री गरेर करिब एक करोड...

संविधानसभा निर्वाचनमा राजनीतिक दलका आर्थिक मुद्दा

२०७० असोज २० गते १५:१८

काठमाण्डु २० असोज–एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता एवम् पूर्व अर्थमन्त्रीहरूले मुलुकको चौतर्फी विकासका लागि आर्थिक मुद्दा पहिलो शर्त भएको बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घ र समृद्धि फाउण्डेसनले आइतवार आयोजना गरेको ‘संविधानसभा निर्वाचनमा राजनीतिक दलका आर्थिक मुद्दा’ विषयक...

कोरिया भाषा परीक्षा शुरु

२०७० असोज २० गते ६:०१

काठमाण्डु, २० असोज – रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत दक्षिण कोरिया जानकालागि लिइने भाषा परीक्षा आइतबारबाट काठमाण्डुमा शुरु भएको छ । भोलीसम्म चल्ने परीक्षामा ४७ हजार भन्दा धेरै सहभागी छन् । परीक्षाकालागि काठमाण्डुमा १७ केन्द्र तोकिएको छ । परीक्षाफल कात्तिक ४ गते प्रकाशित हुनेछ...

भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो

२०७० असोज २० गते ५:१६

दमक, २० असोज–नेपालीको मुख्य चाड बडादसैँ आगमनसँगै किनमेलका लागि पूर्वी सीमा भारतीय बजारमा केही दिनयता नेपाली उपभोक्ताको भीडभाड बढ्न थालेको छ । काँकडभिट्टा पूर्वको पानीट्याङ्की, अधिकारी, नक्साल, बाघडुग्रा, सिलगुढीलगायतका बजारमा नेपालीको चापले ती क्षेत्रको कारोबार बढेको छ । अन्य समयको तुलनामा स्वाभाविक रूपले यो...

शरणार्थी शिविरमा व्यापार घट्दै

२०७० असोज २० गते १:५५

दमक, २० असोज–भुटानी शरणार्थी प्रभावित क्षेत्र झापा दमकको बेलडाँगी बजारमा सञ्चालित व्यवसायमा ह्रास आउन थालेको छ । भुटानी शरणार्थीहरुको बाक्लो बसाइ घट्नेक्रमसँगै सो क्षेत्रको कारोबारमा ह्रास आउन थालेको हो । गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा धेरै व्यापार घटेको व्यवसायीले बताएका छन् । गत...

सेयर कारोबार सातामा २४.९१ प्रतिसतले बढ्यो

२०७० असोज १९ गते ८:२३

काठमाण्डु , १९ असोज – यो साता सेयर बजारमा कारोबार रकम २४.९१ प्रतिसतले बढेको छ । गत साता ५४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा यस साता ६८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भयो । हिमालयन बैंकको बल्क सेयर किनबेच भएपछि कारोबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us