घरेलु उत्पादनको थप प्रवद्र्धन आवश्यक – अर्थमन्त्री

काठमाण्डु टुडे २०७० असोज २१ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, २१ असोज– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र मुलुकले आर्थिक विकासमा फड्को मार्ने भएकाले यसका लागि shankar koiralaघरेलु उत्पादनको थप प्रवद्र्धन आवश्यक भएको बताएका छन् ।
राष्ट्रिय घरेलु उद्योग विकास समितिले सोमबार राजधानीमा गरेको समीक्षात्मक बैठक तथा रणनीतिक कार्यक्रममा मन्त्री कोइरालाले स्थानीय उत्पादनको विकासका लागि सरकार नीतिगत, कानुनी र समन्वयको भूमिका निभाउन तयार रहेको बताए ।

उनले मह, खुकुरी र अल्लो उत्पादनमा देशले राम्रो ख्याति पाएको बताउादै वस्तु विकास केन्द्र, हस्तकला ग्राम र सार्क हस्तकला प्रदर्शनी स्थल बनाउने योजना आपैंmमा उपलब्धिमूलक रहेको चर्चा गरे ।
औद्योगिक ऐन आइसकेको र केही दिनभित्रै सरकारले अध्यादेशमार्फत औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको जानकारी दिादै उनले त्यसले उद्योग र उद्योगीका थुप्रै समस्या हल गर्ने विश्वास व्यक्त गरे ।
‘घरेलु उद्योग कार्यालयलाई साधन र कार्यालय प्रमुखहरुलाई अधिकार सम्पन्न बनाउने काम थालिएको छ, यसको उचित उपयोग हुन जरुरी छ ।’ उनले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us