वासिङटन, २८ असोज-अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लेगार्डले ऋणको सीमा नबढेमा सन् २००८ को विश्वव्यापी वित्तीय मन्दी पुनः आरम्भ हुनसक्ने बताएकी छन । अमेरिकी संसदमा देखिएको तनाव अन्त्य नभएपछि उनले त्यस्तो धारणा व्यक्त गरेकी हुन । अमेरिकी अर्थमन्त्री ज्याकोव ल्युले अन्तर्राष्ट्रिय मुद्रा कोषको नीति...
काठमाण्डु, २६ असोज– अर्थमन्त्री शंकर कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषलाई नेपालमा आवासीय कार्यालय खोल्न आग्रह गरेका छन् । मुद्राकोषका उपमहानिर्देशक नायोकी सिनोहारासँग मुद्रा कोषको मुख्यालय वासिङटन डिसीमा भएको भेटमा कोइरालाले नेपालको अर्थतन्त्र सुदृढ बनाउन मुद्राकोषको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । अर्थमन्त्री कोइरालाले डलरको उतारचढाव हुँदा...
नेपालगन्ज, २५ असोज–नेपालगन्ज नगरपालिकामा कार्यरत बालश्रमिकका अभिभावकलाई आयआर्जन कार्यक्रम सञ्चालनका लागि एक लाख ४४ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको छ । आयस्रोतको अभावमा आफ्ना बालबालिकालाई विद्यालय नपठाई श्रममा लगाउने परिवारका अभिभावकलाई रोजगार सञ्चालन गरी आफ्ना सन्तानलाई विद्यालय पठाउने उद्देश्यका साथ ती सामग्री उपलब्ध...
नुवाकोट, २५ असोज–यो वर्ष तिब्बतबाट रसुवागढी नाका हुँदै नुवाकोट र रसुवामा भेडाच्याङ्ग्रा कम भित्रिएका कारण खसीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । वर्षदिनको सबैभन्दा ठूलो चाड दशैं मनाउनै पर्ने भएकाले पनि उपभोक्ताहरु महँगोमा खसी खरिद गरेर भए पनि दसैँलाई उल्लासमय बनाउने तयारीमा लागेका...
बाँके, २५ असोज–यसपालिको बाढीले बाँकेमा सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले ३३५ हेक्टरमा रोपेको धानबाली नोक्सान गरेको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । बाढीले ३५ हेक्टरमा रोपेको धान कटान गरेको छ भने ९३ हेक्टर जमिनमा रोपेको धान पटान गरेको छ...
विराटनगर, २४ असोज–पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले पूर्वाञ्चलअन्तर्गतका कृषि बजारको सूचना प्रणाली स्थापना गरेको छ । कृषक, व्यवसायी तथा सरोकारवालाको सहजीकरण तथा कृषि मूल्यबारे जानकारी गराउने उद्देश्यले सो सूचना प्रणालीको व्यवस्थापन गरिएको हो । सूचना प्रणालीअन्तर्गत कालीमाटी बजार, विराटनगर गुद्री बजार र विर्तामोड तथा...
काठमाण्डु, २४ असोज– दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल टेलिकमले सबै प्रकारका फोन र इन्टरनेट सेवामा छुट दिएको छ । नेपाल टेलिकमकै नेटवर्क भित्र फोनमा १० प्रतिशत र एसएमएसमा ५० प्रतिशत छुट दिइएको हो । यो सेवा कात्तिक १ र कात्तिक १६ गतेदेखि...
अछाम, २४ असोज–दशैंकोबेला अछाममा मदिराको बिगबिगी बढ्न थालेको छ । अछामका साँफेबगर, बयालपाटा, धार्मिक उदगमस्थल जनालीकोट, जयगढलगायत आसपासका क्षेत्रमा मदिराको खुला बिक्री–वितरण भैरहेको छ । अछाममा राजनीतिक दल र प्रमुख जिल्ला अधिकारी लगायतको जिल्ला समन्वय समिति गठन गरी दिउँसो ४ देखि बेलुका ७ बजेसम्म...
काठमाण्डु २३ असोज –नेपाली काँग्रेसले संबिधानसभा निर्वाचनका लागि चन्दा माग्न थालेको छ । उद्योगी,व्यवसायी,प्रवासी नेपालीहरुलाई बढी लक्षित गरेर काँग्रेसले चन्दा मागेको छ । काँग्रेसले नियमित चन्दा उठाउने गरेको चन्दाका लागि पठाएको पत्रमा खुलासा भएको छ । काठमाण्डु टुडेलाई प्राप्त पत्रमा भनिएको छ‘सदा झै यसपाली...
विराटनगर, २३ असोज–सशस्त्र प्रहरी सीमा सुरक्षा बल मोरङबाट खटिएको टोलीले भारतबाट भन्सार छली ल्याएका विभिन्न खाद्यान्न, रासायनिक मल र कुर्तासुरुवाल बुधबार विहान बरामद गरेको छ । कार्यालयका अनुसार सशस्त्र प्रहरी वरिष्ठ हवल्दार रामचन्द्र राजवंशीको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१९ स्थित मलाया रोडबाट भन्सार छली ल्याइएको...
सुर्खेत, २३ असोज–सुर्खेतमा दशैंका लागि एक हप्ताको अवधिमा करिब साढे एक करोड रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । जिल्लाका विभिन्न वित्तीय संस्थाहरु र बैंकबाट नै नोटहरु साटिएको बैंकले जनाएको छ । बंैकका शाखा प्रबन्धक केशवराज खनालले यसपटक सबैभन्दा धेरै ५, १०, २०, ५०...
सप्तरी, २३ असोज–माओवादी सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको सप्तरीको रामनगर कोदरकट्टीस्थित छोटी भन्सार कार्यालय स्थानीयवासीको पहलमा पुनःस्थापना गरिएको छ । रामनगर कोदरकट्टी–३ स्थित सन्त कवीर मठको जग्गामा छोटी भन्सार कार्यालय पुनः स्थापना गरिएको हो । भारतीय सीमासँग जोडिएको उक्त छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा...