
सुर्खेत, २३ असोज–सुर्खेतमा दशैंका लागि एक हप्ताको अवधिमा करिब साढे एक करोड रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । जिल्लाका विभिन्न वित्तीय संस्थाहरु र बैंकबाट नै नोटहरु साटिएको बैंकले जनाएको छ ।
बंैकका शाखा प्रबन्धक केशवराज खनालले यसपटक सबैभन्दा धेरै ५, १०, २०, ५० र एक सय रुपैयाँका नोटको माग भएको बताए । नयाँ नोट साट्नका लागि दिनहुँ ५०० भन्दा बढी सर्वसाधारणको भीड हुने गरेको प्रबन्धक खनालको भनाइ छ ।
बिहान १० देखि बेलुका ४ बजेसम्म कार्यालयभित्र प्रवेश गर्नेहरुको पैसा साटिने व्यवस्था मिलाइएको छ । शिक्षकले चौमासिक तलव लिने, विभिन्न संघसंस्थामा काम गर्ने कर्मचारीहरुले पनि दशैं पेस्की लिने भएकाले बैंकमा कारोबार बढेको छ । बैंकको कारोबार बढेका बेला रकम अभाव हुन थाले पनि सेवाग्राहीलाई समस्यामा नपारेको प्रबन्धक खनालले बताए ।
बैंकमा कारोबार बढेकाले रकम साट्न पुगेका सेवाग्राहीलाई भने घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।