दुरासययुक्त मुद्धा लगाएर थुन्ने सरकारका प्रतिशोधी हर्कत असफल हुँदै गएको छः ज्ञवाली

काठमाण्डु टुडे २०८३ साउन १ गते १९:०८ मा प्रकाशित

काठमाण्डु– एमाले नेता एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले रानजीतिक नेतृत्व, व्यवसायी र कर्मचारीविरुद्ध दुरासययुक्त मुद्धा लगाउने सरकारका प्रतिशोधी हर्कत उदाङ्गो र असफल हुँदै गएको टिप्पणी गरेका छन् ।

शंकास्पद शेयर कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एमाले उपाध्यक्ष एपं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएलगत्तै शुक्रबार सामाजिक सञ्जालमार्फत ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यद्यपि राजनीतिक प्रतिशोधको ऋंखला भने जारी रहेको उनको भनाइ छ ।

‘विभिन्न नेताहरू, व्यवसायीहरू र कर्मचारीहरूलाई मिडिया ट्रायल एवं मिथ्यासूचनाका माध्यमबाट बदनाम गर्ने, राज्यका संवैधानिक र अन्य अनुसन्धान निकायलाई दबाब दिएर अनुसन्धानका नाममा लामो समयसम्म थुनामा राख्ने एवं उनीहरूविरुद्ध दुराशययुक्त मुद्दा लगाउने सरकारका प्रतिशोधी हरकतहरू उदाङ्गो र असफल हुँदैछन्’ ज्ञवालीले लेखेका छन्, ‘र पनि, राजनीतिक प्रतिशोधको यो शृङ्खला जारी छ । सिंहदरबारमा अदृश्य समूहले कानुन हातमा लिँदै गरेका क्रियाकलापसम्बन्धी मिडिया कभरेज पढ्दा आङै सिरिङ्ग हुने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us