

काठमाण्डु, २४ असोज– दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल टेलिकमले सबै प्रकारका फोन र इन्टरनेट सेवामा छुट दिएको छ । नेपाल टेलिकमकै नेटवर्क भित्र फोनमा १० प्रतिशत र एसएमएसमा ५० प्रतिशत छुट दिइएको हो ।
यो सेवा कात्तिक १ र कात्तिक १६ गतेदेखि २३ गतेसम्म लागु हुने छ । यसै अवधिमा सीडिएमए र जिएसएम पोष्टपेड तथा प्रिपेडमा दैनिक भ्वाइस कलमा खर्च गरेको रकममा १ देखि ५ रुपैयाँसम्म बोनस दिइने टेलिकमले जनाएको छ ।