
विराटनगर, २४ असोज–पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले पूर्वाञ्चलअन्तर्गतका कृषि बजारको सूचना प्रणाली स्थापना गरेको छ । कृषक, व्यवसायी तथा सरोकारवालाको सहजीकरण तथा कृषि मूल्यबारे जानकारी गराउने उद्देश्यले सो सूचना प्रणालीको व्यवस्थापन गरिएको हो ।
सूचना प्रणालीअन्तर्गत कालीमाटी बजार, विराटनगर गुद्री बजार र विर्तामोड तथा धरान थोक कृषि बजारको मूल्य सम्बन्धमा दैनिक सूचना प्रवाह गरिने कृषि प्रसार अधिकृत रामसोगारथ साहले जानकारी दिए ।
दैनिक मूल्यको सूचना रेडियो, एफएफ, एसएमएस, इमेल तथा चौमासिक तथा वार्षिक बुलेटिनबाट क्षेत्रीय कार्यालयले जानकारी दिने बताइएको छ । सूचना प्रणालीको व्यवस्थापनबाट कृषिको उत्पादन र बिक्रीमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । रासस