भारतबाट भित्रिएका अवैध सामान बरामद

काठमाण्डु टुडे २०७० असोज २३ गते ४:०१ मा प्रकाशित

विराटनगर, २३ असोज–सशस्त्र प्रहरी सीमा सुरक्षा बल मोरङबाट खटिएको टोलीले भारतबाट भन्सार छली ल्याएका विभिन्न खाद्यान्न, रासायनिक मल र कुर्तासुरुवाल बुधबार विहान बरामद गरेको छ ।

कार्यालयका अनुसार सशस्त्र प्रहरी वरिष्ठ हवल्दार रामचन्द्र राजवंशीको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१९ स्थित मलाया रोडबाट भन्सार छली ल्याइएको सामान तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी बरामद गरेको हो ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाइने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us