रिडी हाइड्रोपावरले १४ करोडको सेयर बेच्ने

काठमाण्डु टुडे २०७० असोज २१ गते २:१७ मा प्रकाशित

गुल्मी, २१ असोज–गुल्मीको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्री सुरु गरेको छ । प्रभावित परिवारलाई जारी पुँजीको १० प्रतिशत सेयर खुला गर्नुपर्ने व्यवस्था भएअनुसार गुल्मी तथा पाल्पाका लागि खुला गरिएको हो ।

कम्पनीको जारी पुँजीमध्ये ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्नुपर्ने व्यवस्था भएकामा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो ।

कम्पनीको कुल जारी पुँजी ३० करोडमध्ये १४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सेयर बिक्रीका लागि छिटोमा कात्तिक १ र ढिलोमा कात्तिक १८ को मिति तोकिएको कम्पनीले जनाएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको रिडी शाखा, पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको बुटवल तथा तम्घास शाखा र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुटवल तथा गुल्मीका सम्पूर्ण शाखाबाट सेयर आवेदन गर्न तथा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयरबाट उठेको रकम इवाखोला लघु जलविद्युत् आयोजनामा लगानी गर्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us