
काठमाण्डु, २० असोज – रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत दक्षिण कोरिया जानकालागि लिइने भाषा परीक्षा आइतबारबाट काठमाण्डुमा शुरु भएको छ । भोलीसम्म चल्ने परीक्षामा ४७ हजार भन्दा धेरै सहभागी छन् । परीक्षाकालागि काठमाण्डुमा १७ केन्द्र तोकिएको छ ।
परीक्षाफल कात्तिक ४ गते प्रकाशित हुनेछ । यसपाली कोरियाले ८ हजार २ सय नेपाली कामदारको कोटा छुट्याएको छ । भाषा परीक्षा उत्तीर्ण गरेकाहरु मात्र कोरियामा कामदारको रुपमा जान योग्य हुन्छन् ।