सेयर कारोबार सातामा २४.९१ प्रतिसतले बढ्यो

काठमाण्डु टुडे २०७० असोज १९ गते ८:२३ मा प्रकाशित
काठमाण्डु , १९ असोज – यो साता सेयर बजारमा कारोबार रकम २४.९१ प्रतिसतले बढेको छ ।
stack exchangeगत साता ५४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा यस साता ६८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भयो । हिमालयन बैंकको बल्क सेयर किनबेच भएपछि कारोबार रकम यसरी बढेको हो । हिमालयन बैंकको १५ करोड ३२ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको थियो । नेपाल बंगलादेश बैंक र चिलिमेको सेयर किनबेचले पनि कारोबार रकम बढाउन सहयोग पुर्यायो ।
बंगलादेश बैंकको चार करोड र चिलिमेको तीन करोडभन्दा धेरै रकमको सेयर किनबेच भयो । यो सातामा बजारमा चार अर्ब ५६ करोडभन्दा बढी रकमका सेयर थपिएका छन् । हालै चार कम्पनीको साधारण सेयर र एक कम्पनीको हकप्रद सेयर सूचीकरण भएपछि बजारमा यो रकम बराबरको सेयर थपिएको हो । रुरल माइक्रोफाइनान्स, हाम्रो बिकास बैंक, जेबिल्स फाइनान्स, साना किसान बिकास बैंकको साधारण सेयर र  नेपाल बैंकको हकप्रद सेयर सूचीकरण भएको हो ।
यो साता नेप्से परिसूचक करिब चार अंकले बढेको छ । गत साता अन्तिम दिन विहीवार ५४१.७ मा बन्द भएको बजार यो विहीवार ५४५.४७ मा आइपुग्यो । साताभरमा एक सय ३६ कम्पनीका २६ लाख ७८ हजार सेयर किनबेच भए ।
नेप्सेले यो साता पहिलो दिनको तुलनामा अन्तिम दिनमा सबैभन्दा धेरै बीमा समूहको परिसुचक बढेको र सबैभन्दा धेरै होटेल समूहको परिसूचक घटेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us