औद्योगिक व्यापार मेलामा बाह्र करोड व्यापार

काठमाण्डु टुडे २०७० असोज २२ गते २:०८ मा प्रकाशित

भक्तपुर, २२ असोज । भक्तपुर उद्योग वाणिज्य संघ तथा नेपाल–चीन उद्योग वाणिज्य संघ भक्तपुर च्याप्टरको संयुक्त आयोजनामा सानोठिमीस्थित खेल मैदानमा सञ्चालित पाँचदिने भक्तपुर औद्योगिक व्यापार मेलामा १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

गत बिहिबारदेखि सुरु भएर सोमबार साँझ सम्पन्न सो मेलामा १५ देखि २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएकामा १२ करोडभन्दा बढीको व्यापार भएको मेला मूल आयोजक समितिका संयोजक राजुमृगेन्द्र जोशीले जानकारी दिए ।

दक्षिण एसियाली राष्ट्रहरू नेपाल, भारत, भुटान, बङ्गलादेश, चीन, पाकिस्तान, थाइल्याण्डलगायत देशका प्रमुख व्यापारीको सहभागिता रहेको मेलामा करिब डेढ लाख दर्शकको सहभागिता रहने अपेक्षा गरिएकोमा ९५ हजार दर्शकले मेलाको अवलोकन गरेका थिए ।

मेलामा सबभन्दा बढी विद्युतीय सामान, मोटर तथा मोटरसाइकल, लत्ताकपडा एवम् भाँडाकुडाको व्यापार राम्रो भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us