चार वर्षदेखि नुनमा घोटाला

काठमाण्डु टुडे २०७० असोज १७ गते ११:११ मा प्रकाशित

जुम्ला, १७ असोज–साल्ट ट्रेडिङ उपशाखा कार्यालय जुम्लामा विगत चार वर्षदेखि नियम विपरीत नुनमा तोकिएको भन्दा एक रुपैयाँ बढी लिने गरेको खुलासा भएको छ ।
बर्सेनि अञ्चल कार्यालय नेपालगन्ज बाँकेबाट उपशाखा कार्यालय जुम्लामा ६ हजार र नराकोट डिपोमा एक हजार २०० गरी जम्मा सात हजार २०० क्विन्टल नुन आउने गर्दछ ।
तत्कालीन उपशाखा प्रमुख मुनदत्त बुढाले चार वर्षदेखि प्रतिकेजी रु सात हँुदा रु आठ, रु आठ हुँदा रु नौ र रु नौ हुँदा रु १० लिने गरेको सेवाग्राहीले जनाएका छन् ।
यसरी लिइँदै आएको थप रु एक बाट बर्सेनि रु पाँच लाख ८० हजारदेखि रु सात लाख २० हजारसम्म घोटाला भएको पाइएको छ । नुन किन्न आउँदा प्रतिप्याकेटको रु १० लिने तर बिल नदिने गरेको उपभोक्ताले बताए ।
अञ्चल कार्यालय नेपालगन्ज बाँकेका निमित्त प्रमुख मनोज चौधरीका अनुसार आव ०६९÷७० लागि ६ हजार क्विन्टल भनिए पनि विविध कारण ४८ सय क्विन्टलमात्र जुम्लामा पठाइएको थियो । यद्यपि नुन प्रतिकेजी रु १० मा बेचेको आफूलाई थाहा नभएको र त्यस्तो कुनै सबुत प्रमाण कसैबाट पनि नआएको चौधरीको भनाइ छ ।
साल्ट टे«डिङ उपशाखा कार्यालय जुम्लाका सहायक खगेन्द्र मल्लले जेठ महिनामा कार्यालयबाट तीन हजार २४९ तथा ठेकेदारबाट २६७ क्विन्टल नुन बुझेको र सोही समयबाट प्रतिकेजी रु १० नगराइ ९०० मा कायम गरेर उपभोक्तालाई वितरण गर्दै आएको बताए ।
यता उपभोक्ताले भने एक क्विन्टल किन्दा रु १०० थप तिर्नुपर्ने बाध्यताबाट मुक्त भएको खुसी व्यक्त गर्दैै सहायक मल्ललाई धन्यवाद दिएका छन् । त्यसको विषयमा प्रशासन कार्यालय जुम्लाले पनि कुनै अनुगमन नगरेको पाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us