मदिरा बेच्ने र होटल खोल्ने समय तोकियो

काठमाण्डु टुडे २०७० असोज १८ गते ४:०५ मा प्रकाशित

स्याङ्जा, १८ असोज–चाडबाड र संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर थालिएको विशेष सुरक्षा रणनीतिअन्तर्गत स्थानीय प्रशासनले मदिरा पसल र होटल सन्चालन गर्ने समय निर्धारण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले साँझ ८ बजेपछि मदिरा बेचबिखन नगर्न र ९ बजेदेखि होटल÷पसल बन्द गर्न व्यवसायीहरुलाई निर्देशन दिएको हो । मदिरा बेचबिखन गर्ने पसललाई बेलुका ८ बजेदेखि बन्द गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । समाजमा उच्छृङ्खल गतिविधि हुनुमा मदिरा मुख्य कारण रहेको भन्दै प्रहरीले आफ्ना सबै मातहतका निकायलाई मदिरा नियन्त्रण र बरामद गर्नसमेत परिपत्र जारी गरिसकेको छ ।

अटेर गरी बेलुका अबेरसम्म पसल खोलेर मदिरा बेचबिखन गर्ने र झैझगडा गर्नेलाई कानुनी दायरामा ल्याइने प्रहरी नायब उपरीक्षक आभूषण तिमिल्सिनाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us