अर्थमन्त्री कोइराला न्युयोर्क जाने तयारीमा

काठमाण्डु टुडे २०७० असोज १८ गते १०:५० मा प्रकाशित

bodiकाठमाण्डु १८ असोज –अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ मार्पmत नेपाललाई थप सहायता उपलब्ध गराउन अमेरिकी सरकारसँग आग्रह गरेका छन ।
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीसँंग शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले समृद्ध मुलुकले आर्थिक अवस्था कमजोर भएका देशलाई दिने सुविधा बढाउनुपर्नेमा जोड दिए । कफी, चियाजस्ता कृषि उत्पादनको अमेरिकी बजारमा राम्रो सम्भाव्यता रहेको भन्दै मन्त्री कोइरालाले व्यापार विस्तारमा अमेरिकी सरकारको ध्यानाकर्षण गराए । केही दिनमै आपूm विश्व बैंकको कार्यक्रममा अमेरिका जान लागेको जानकारी गराउँदै मन्त्री कोइरालाले त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आर्थिक तथा व्यापारिक क्षेत्र विस्तारका सम्भावनाबारे अमेरिकी अधिकारीसँग छलफल गरिने बताए ।
संविधानसभा निर्वाचनपछि गठन हुने सरकारलाई उपयुक्त आर्थिक वातावरण तयार गर्न वर्तमान सरकार लागिपरेको जानकारी गराउँदै मन्त्री कोइरालाले त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य रहेको बताए ।
राजदूत बोडीले नेपाल सरकारले उठाएका विषयमा आपू सकारात्मक रहेको बताए । सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार भएको अन्तर्राष्ट्रिय समुदायले हेर्न चाहेको उनको भनाई थियो । सरकारले हालै तयार गरेको वैदेशिक सहायता नीतिबाट नेपालको विकासमा थप योगदान पुग्ने उनको बिश्वास थियो । नेपालले आफनो वैदेशिक सहायता नीति तयार गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us