मजदुरले बढेको तलब पाएनन्

काठमाण्डु टुडे २०७० असोज १७ गते ११:०९ मा प्रकाशित

विराटनगर, १७ असोज–सुनसरीको सोनापुरमा रहेको अरिहन्थ मल्टिफाइबर लिमिटेड (जुट उद्योग)मा कार्यरत श्रमिकले सरकारले वृद्धि गरेअनुसार तलब÷ज्याला नपाएको गुनासो गरेका छन् ।
सात हजारभन्दा बढी मजदुर कार्यरत रहेको सो उद्योग व्यवस्थापनले जेठको २७ देखि ३१ गतेसम्म बढेको ज्याला नदिएको बताइएको छ ।
यसरी वृद्धि भएको तलब पाँच दिनको करिब रु ३५ लाख रहेको र त्यो दिएको छैन । उता श्रम कार्यालय विराटनगरले मजदुरको ज्याला नदिएको सम्बन्धमा गुनासो आएपछि फाइल झिकाइ अध्ययन भइरहेको जनाएको छ ।
सुनसरी–मोरङ करिडोरका धेरै उद्योगले जेठ महिनामा वृद्धि भएको ज्याला नदिएको गुनासो पाइएको छ । विगतमा एक दिनको ज्याला रु २३१ रहेकामा त्यसलाई वृद्धि गरी एक दिनको ज्याला रु ३१८ गरेको बुझिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us