अर्थ

सरकारले ६ विद्युत आयोजनाको अध्ययन गर्ने

२०७० पुष २० गते १४:०३

काठमाण्डु, २० पुस– सरकारले विभिन्न छ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ । ऊर्जा संकटलाई हल गर्न सम्भाव्यता अध्ययनको कामलाई तत्काल अगाडि बढाई निर्माणको वातावरण तयार पार्ने उद्देश्यका साथ अध्ययन गर्न लागिएको हो । सम्भाव्यता अध्ययन विद्युत् विकास विभागले नै गर्ने भएको...

अर्को वर्षदेखि च्याउ महोत्सव

२०७० पुष २० गते १३:३९

काठमाण्डु, २० पुस– कृषि विकास मन्त्रालयले च्याउ व्यवसायप्रति कृषकको थप आकर्षण, प्रवद्र्धन तथा विस्तार गर्न आगामी वर्षदेखि च्याउ महोत्सव गर्ने  भएको छ । सरकारले बलम्बुमा च्याउ अनुसन्धान तथा तालिम केन्द्रको पनि स्थापना गरेको छ । केन्द्रको शनिबार कृषि मन्त्री टेकबहादुर थापाले उद्घाटन गरे ।...

सहकारीको नाममा ठगी गर्नेमाथि कारबाही हुने

२०७० पुष २० गते ११:३२

काठमाण्डु, २० पुस– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले मुलुकको आर्थिक एवम् सामाजिक रूपान्तरणका लागि सहकारी अपरिहार्य भएको उल्लेख गर्दै सहकारीको नाममा ठगी गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् । सहकारीको अवधारणा आर्थिक र सामाजिक रूपान्तरणका लागि भएपनिसहकारीको नाममा ठगी बढिरहेकाले त्यो...

६ हजार मिटरभन्दा अग्ला हिमालका विवरण बनाइँदै

२०७० पुष २० गते १०:४६

काठमाण्डु, २० पुस– सरकारले देशभरका ५ हजार मिटरभन्दा अग्ला हिमालहरूको सम्पूर्ण विवरण (प्रोफाइल) बनाउनुका साथै विविध कारणले निषेधित क्षेत्र घोषित हिमाली भेगलाई खुला गर्न सम्बन्धित निकायमा सिफारिस गरेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा...

उद्योग वाणिज्य संघ महोत्तरी नेतृत्व छान्दै

२०७० पुष २० गते ५:५०

बर्दिवास, २० पुस – महोत्तरी जिल्लाका उद्यमी व्यापारीहरु शनिबार उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनमा जुटेका छन् । जलेश्वर उद्योग वाणिज्य संघमा आबद्ध उद्योगी व्यापारीहरु आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्न मतदानको तयारीमा जुटेका हुन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र...

भाडामा जमिन लिएर माछापालन

२०७० पुष २० गते ४:१६

कञ्चनपुर, २० पुस – थारु समुदायको आर्थिक उन्नतिका लागि स्थापना गरिएको एक सामुदायिक संस्थाले भाडामा जमिन लिएर माछापालन सुरु गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र रामपुरविलासपुर–५ कानपुरमा रहेको पुष्पाञ्जली सामुदायिक संस्थाले भाडामा जमिन लिएर माछापालन सुरु गरेको हो । सामुदायिक संस्थाको आम्दानी बढाउने उद्देश्यले...

जुम्लाबाट स्याउका बिरुवा सोलुखुम्बु लगिने

२०७० पुष १९ गते १२:३३

सोलुखुम्बु, १९ पुस– जुम्लाको स्याउको बिरुवा सोलुखुम्बु लगिने भएको छ । जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जुम्लाबाट उन्नत जातको स्याउको बिरुवा सोलुखुम्बु लैजान लागेको हो । मौसम परिवर्तनका कारण स्याउमा विभिन्न खालका रोगहरू देखिएपछि जुम्लाबाट स्याउको बिरुवा ल्याउन लागेको कार्यालय प्रमुख मीनप्रसाद बुढाथोकीले जानकारी...

लमजुङ महोत्सव माघ १० देखि

२०७० पुष १९ गते १२:१९

काठमाडौँ, १९ पुस – आउँदो माघ १० गतेदेखि चौथो लमजुङ महोत्सव हुने भएको छ । ‘उद्योग व्यापार पर्यटन तथा कृषिको प्रवद्र्धन जलविद्युत्मा लगानी र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । माघ १० देखि १९ गतेसम्म लमजुङ सदरमुकाम बेसीसहरको दनाई फाँटमा...

राजश्व प्रशासनको कामप्रति अर्थमन्त्री असन्तुष्ट

२०७० पुष १९ गते १२:१४

काठमाण्डु, १९ पुस– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजस्व प्रशासनले अपेक्षाकृत कार्यसम्पादन नगरेको बताएका छन् । अर्थमन्त्रालयमा भएको समीक्षा बैठकमा कोइरालाले राजश्व प्रशासनको कामप्रति आफू सन्तुष्ट नभएको बताए । उनले कुनै पनि पक्षसँग सम्झौता नगरी राष्ट्रप्रतिको आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिए । राजस्व...

भारतीय ठेकेदार भागेपछि बनेन बाटो

२०७० पुष १९ गते ९:२५

गौशाला, १९ पुस– महोत्तरीको जलेश्वर–जनकपुर–भिट्टामोड सडकखण्ड बनाउने भनिएपनि अझै बन्न सकेको छैन । साढे दुई वर्ष अघि यो बाटो राम्रो, चौडा र पिच रोड बन्ने भनिएको महोत्तरीको यो सडकखण्ड अब नबन्ने प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए । सदरमुकाम जलेश्वरबाट उत्तरमा धनुषाको जनकपुर र...

पाँच वर्षभित्र सोलु करिडोर निर्माण हुने

२०७० पुष १९ गते ७:५६

सोलुखुम्बु, १९ पुस – आगामी पाँच वर्षभित्र सोलु करिडोर प्रसारण लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले प्रसारण लाइन निर्माणका लागि अनुमति दिएपछि आयोजना निर्माण हुने सुनिश्चितता बढेको एक्सेल–क्लिन सोलु हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्जले जानकारी दिए । एक सय ३२ केभीको डबल...

श्रीरामले किसानलाई २० करोड तिर्न बाँकी

२०७० पुष १९ गते ३:३६

चन्द्रनिगाहपुर, १९ पुस–सर्लाहीका उखु किसान सुनिल झा पाँच दिनदेखि गत वर्षको उखुको पैसा लिन मिलमा धाइरहेका छन् । झा जस्तै गत वर्ष उखुको भुक्तानीका लागि रौतहट, बारा, सर्लाहीका सयौं किसान केही दिनदेखि मिलमा दिनहुँ धाइरहेका छन् । सर्लाहीका झाले गएको वर्ष रौतहटको श्रीराम सुगर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us