नेपाली कागज उद्योग संकटमा

काठमाण्डु टुडे २०७० फागुन २४ गते १०:५० मा प्रकाशित

Nepali Kagajजाजरकोट, २४ फागुन – सरकारी सहयोगको अभावले जाजरकोटका नेपाली कागज उद्योग संकटमा परेका छन् ।

उद्योग सञ्चालनमा सरकारी सहयोग नपाउँदा उद्योग सञ्चालनमा समस्या देखिएको हो ।

जिल्लामा २२ वटा उद्योग दर्ता भए पनि अहिले आधा दर्जनमात्रै सञ्चालनमा रहेका छन् । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्योग बन्द भएपछि स्थानीय जनताको रोजगारीको अवसर गुमेको छ ।

उद्योग सञ्चालनका लागि सरकारले सहुलियतमा ऋण तथा अनुदान सहयोग दिनुपर्ने सञ्चालकहरुको माग छ । जाजरकोटका जङ्गलमा पाइने सेतबोक्रोको लोक्ताबाट नेपाली कागज बनाउने गरिएको छ ।

जाजरकोटमा बनेको नेपाली कागज उच्च गुणस्तरको भएकाले विदेशमासमेत निर्यात हुने गरेको व्यापारी बताउछन् । तीस वर्ष पहिलेदेखि उद्योग सञ्चालनमा आए पनि सरकारी तवरबाट भने कुनै सहयोग नपाएको गुनासो छ ।

उद्योग सञ्चालनमा सहयोग नपाउँदा जिल्लाका उद्योग बन्द हुने क्रम बढेको छ । आधुनिक प्रविधिको विकास र सरकारी उपेक्षाका कारण जिल्लामा कागज उद्योग विकास हुन नसकेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us