मन्त्रीहरुको आचार सहिंता तयार – अर्थमन्त्री

काठमाण्डु टुडे २०७० फागुन २२ गते ५:५६ मा प्रकाशित

Ramsharan-Mahatकाठमाण्डु, २२ फागुन –अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको नीति तथा कार्यक्रम तयार भएको जानकारी दिएका छन्नु ।

रिपोर्टस् क्लवले काठमाण्डुमा गरेको कार्यक्रममा अर्थमन्त्री महतले नीति तथा कार्यक्रमभित्र सुशासन, आर्थिक विकास, संविधान र मन्त्रीहरुको आचार संहिता रहेको जानकारी गराएका हुन् । नयाँ बजेटका लागि सरकारले गृहकार्य गरिसकेको भन्दै उहाँले दुई वर्षभित्र लोडसेडिङ्ग अन्त्य गर्नेगरी सरकारले काम थाल्ने बताउनुभयो ।

त्यसका लागि ठूला विद्युत आयोजना निर्माणका लागि विदेशी लगानी भित्र्याईने अर्थमन्त्री महतको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us