अर्थ

युवाहरु च्याउखेतीतिर आकर्षित

२०७० चैत ४ गते ११:०१

तानसेन, ४ चैत । यहाँका युवा च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । ग्रामीण तथा सहरी क्षेत्रका युवाले सानो लगानीबाट दुई महिनामा नै लाखौँ आम्दानी हुने भएपछि च्याउ उत्पादन गर्न थालेका हुन् । धानको पराललाई पकाएर च्याउको बीउ छरी प्लास्टिकको झोलामा झुन्डाएर राख्ने र च्याउले...

जैतुन उत्पादन बढ्दो

२०७० चैत ३ गते ११:२३

हेटौंडा, ३ चैत – मकवानपुरको चित्लाङ गाविसमा हिमालयन प्लान्टेसन प्रालिले गरेको व्यावसायिक जैतुनको उत्पादन बढ्न थालेको छ । हिमालयन प्लान्टेसनका अनुसार आधुनिक यन्त्रको प्रयोगले उत्पादन बढेको हो । जर्मनीका बाउटरले १७ वर्ष अगाडि मकवानपुरको चित्लाङ गाविस– ६ र ९ वडामा गरी जम्मा २०० रोपनी...

नलसिंहगाड आयोजनाको भौतिक बन्दै

२०७० चैत ३ गते ११:२१

काठमाण्डु, ३ चैत । राष्ट्रिय प्राथमिकताप्राप्त नलसिंहगाड जलविद्युत आयोजनाले भौतिक पूर्वाधार निर्माण सुरु गर्न लागेको छ । मुलुकमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना मात्र सञ्चालनमा रहेका कारण ऊर्जा संकट गहिरिएको बताउँदै गत वर्ष सरकारले जलाशययुक्त आयोजनाका रुपमा सो आयोजनालाई अगाडि बढाएको थियो । आयोजनाको...

सामाजिक सुरक्षा कर सदुपयोग भएन

२०७० चैत ३ गते ११:१६

काठमाण्डु, ३ चैत – सामाजिक सुरक्षा कोषका विषयमा सरकारको यथोचित ध्यान नपुग्दा ‘सामाजिक सुरक्षा कर’ को नाममा जम्मा भएको करिब पाँच अर्ब सदुपयोग हुन सकेको छैन । राज्य तथा नागरिकको साझा प्रयासमा आव २०६६÷०६७ को बजेटमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा जोखिममा रहेका नागरिकलाई...

आन्तरिक हवाई यातायातको भाडा वृद्धि

२०७० चैत ३ गते ५:०९

काठमाण्डु, ३ चैत– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले आजदेखि आन्तरिक हवाई भाडा बढाएका छन् । नयाँ भाडा दरअनुसार अब यात्रुले ६५ रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने छ । एक वर्षको अवधिमा हवाई भाडा बढेको यो तेश्रो...

मत्स्यपालनमा जनशक्तिको अभाव, कृषक मर्कामा

२०७० चैत २ गते १२:२६

काठमाण्डु, २ चैत– मुलुकमा माछापालन व्यवसाय बढ्दै गए पनि प्राविधिक सुविधाको अभावमा किसानले उचित सेवा सुविधा पाउन सकेका छैनन् । प्राविधिक र दक्ष जनशक्तिको अभावमा माछापालनमा लाग्ने कृषकले समस्या पर्दा आवश्यक परामर्शसमेत पाउन नसकेका हुन् । कृषि प्रधान देश भएर पनि माछापालनमा लागेका किसानले...

बिहुँलाई ‘सुन्तला गाउँ’ घोषणाको तयारी

२०७० चैत २ गते १२:१९

बागलुङ, २ चैत– सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको जिल्लाको बिहुँ गाविसलाई ‘सुन्तला गाउँ’ घोषणा गर्ने तयारी भएको छ । बिहुँ–२ को किम्बोट, धरमदास, चिरपानी लगायतका ठाउँलाई समेटेर सुन्तला गाउँ घोषणा गर्न लागिएको हो । जिल्ला कृषि विकास कार्यालय, गाउा विकास समिति र स्थानीय कृषक...

बागलुङ नगरमा तीन ठूला आयोजना सुरु हुँदै

२०७० चैत १ गते ८:४४

बागलुङ, १ चैत – बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षभित्रै नगर क्षेत्रमा तीन ठूला आयोजना निर्माणको काम सुरु गर्दैछ । नगर चक्रपथ कालोपत्र गर्ने तथा बसपार्क र सहिद स्मृति पार्क निर्माणको काम यसै आर्थिक वर्षमा सुरु हुने भएका छन् । त्यस्तै साना आयोजनामा भत्केका सडकको...

यार्सागुम्बा व्यवस्थापन कार्यविधि ल्याइँदै

२०७० चैत १ गते ८:३९

काठमाण्डु, १ चैत – सरकारले बहुमूल्य जडीबुटी यार्सागुम्बाको तस्करी रोक्न यार्सागुम्बा व्यवस्थापन कार्यविधि ल्याउने भएको छ । नेपालका हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको तस्करी रोक्दै यसको संरक्षण, सङ्कलन, प्रशोधन उपयोग तथा बजारीकरणलाई व्यवस्थित गर्न सो कार्यविधि ल्याउन लागिएको हो । वनस्पति विभागका महानिर्देशक यमबहादुर थापाले...

विप्रेषणको वृद्धिले मुलुकको बचत बढ्यो

२०७० चैत १ गते ५:१६

बागलुङ, १ चैत – विदेश गएका नेपाली कामदारहरुले पठाउने रकम एक तिहाईभन्दा धेरै दरले बढेपछि चरम व्यापार घाटा सहन वाध्य नेपालको भुक्तानी सन्तुलनमा निकै धेरै फाइदा देखिएको छ। राष्ट्र बैँकले जारी गरेको साउनदेखि माघसम्मको आँकडा अनुसार यसबीच नेपालले आफ्ना भएभरका वस्तु र सेवा बेचेर...

बागमती सरसफाई कार्यक्रममा लगानी कोष

२०७० चैत १ गते ५:१२

काठमाण्डु १ चैत–नागरिक लागनी कोषले २४ औ वार्षिकोत्सवको पुर्व सन्ध्यामा शनिवार बागमती सरसफाई कार्यक्रम आयोजना गरेको छ । सामाजिक कार्य अन्तरगत कोषले युन पार्कबाट सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कोष ब्यवस्थापन र कोषका कर्मचारी सहभागी थिए । यो भन्दा अघि पनि कोषले...

रुपन्देही व्यापार संघको कार्ययोजना निर्माण

२०७० फागुन ३० गते १०:५७

बुटवल, ३० फागुन – रुपन्देही व्यापार सङ्घले संस्थाको आगामी दुई वर्षको कार्ययोजना निर्माण गरेको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न भएको तीन दिने कार्यशाला गोष्ठीले सङ्घको सिङ्गो कार्यसमिति, सल्लाहकार, शाखा तथा इकाइ समितिका प्रतिनिधिसहितको सहभागितामा कार्ययोजना निर्माण गरिएको हो । कार्यशालामा सङ्घले आगामी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us