
तानसेन, ४ चैत । यहाँका युवा च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । ग्रामीण तथा सहरी क्षेत्रका युवाले सानो लगानीबाट दुई महिनामा नै लाखौँ आम्दानी हुने भएपछि च्याउ उत्पादन गर्न थालेका हुन् ।
धानको पराललाई पकाएर च्याउको बीउ छरी प्लास्टिकको झोलामा झुन्डाएर राख्ने र च्याउले टुसा लगाउन थालेपछि प्लास्टिकको झोला प्वाल पारेपछि च्याउ बाहिर निस्ने गर्छ ।
कम मेहनतमा राम्रो आम्दानी हुने पेसाके रूपमा अहिले च्याउको व्यावसायिक खेतीको रूपमा जिल्लाका अधिकांश युवाले च्याउबाट राम्रो आम्दानी गर्न थालेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा च्याउ उत्पादनसम्बन्द्यी तालिमको व्यवस्था मिलाउँदै आएको छ ।