
बागलुङ, २ चैत– सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको जिल्लाको बिहुँ गाविसलाई ‘सुन्तला गाउँ’ घोषणा गर्ने तयारी भएको छ ।
बिहुँ–२ को किम्बोट, धरमदास, चिरपानी लगायतका ठाउँलाई समेटेर सुन्तला गाउँ घोषणा गर्न लागिएको हो ।
जिल्ला कृषि विकास कार्यालय, गाउा विकास समिति र स्थानीय कृषक समूहको पहलमा सुन्तला गाउँ घोषणा गरिने भएको हो ।
जिल्लाको मुख्य नगदेबालीका रूपमा रहेको सुन्तलाखेतीको प्रवद्र्धन गर्न र यसको व्यावसायिकतामा वृद्धि ल्याउन सुन्तला गाउँ घोषणाको अवधारणा ल्याइएको कृषि विकास कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए ।
उनले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेपछि आगामी जेठभित्रै सुन्तला गाउा घोषणा गरिने जानकारी दिए । बिहुँ गाविसमा मात्र यो वर्ष दुई हजार ९ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । रासस