काठमाण्डु, ९ माघ – तपाईंले आफूसँग भएका भारु नोट राम्रोसँग हेर्नुस् है नत्र पछि पछुताउनु पर्ला । किनकी सन् २००५ भन्दा अघि बनेका भारु नोटहरु अब चल्ने छैनन् । भारतीय केन्द्रीय बैंकले ३१ मार्च सन् २०१४ देखि ति पुराना नोटहरु बजारमा नचलाउने निर्णय गरेको...
पोखरा, ९ माघ–‘लगानीको सम्वर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पोखरामा विहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुदै छ । उद्योग वाणिज्य संघले आयोजना गरेको मेला माघ २० गतेसम्म चल्ने छ । पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा हुने मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि,...
विराटनगर, ८ माघ – मलङ्गवाका भन्सार प्रमुखलाई कुटपिट गरेको विरोधमा विराटनगर भन्सार कार्यालयको कामकाज बुधबार दिउँसो १:३० बजेसम्म ठप्प भयो । भन्सार प्रमुखमाथि गरिएको हातपात एवम् कार्यालय तोडफोड गर्नेमाथि कारबाहीको माग गर्दै कार्यालयका कर्मचारीले काम बन्द गरेका हुन् । भन्सार कार्यालयको काम बन्दबाट राजस्व...
काठमाण्डु, ८ माघ – अष्ट्रेलिया सरकारले स्वास्थ्य क्षेत्रमा आफूहरुले दिएको सहयोग रकम खर्च हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालका लागि अष्ट्रेलियाली राजदूत ग्लेन व्हाईटले सहयोग काममा नआउँदा आगामी दिनमा त्यसको प्रभाव पर्नेमा सचेत...
बाँके, ७ माघ – मध्यपश्चिमाञ्चलका १५ जिल्लाका ८२ हजार हेक्टर सिँचाइयोग्य जमिनमा अझैसम्म सिँचाइ सुविधा पुग्न सकेको छैन । सोही कारणले ती जिल्लाका अधिकांश कृषकले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकताअनुसारको उब्जनी हुन नसकेको कृषकको गुनासो छ । मध्यपश्चिमाञ्चाल क्षेत्रको दुई लाख...
काठमाण्डु, ७ माघ – चालु आर्थिक वर्षको बजेटबाट दिइएको कर छुट सुविधा थोरै करदाताले मात्र उपयोग गरेको पाइएको छ । बजेटमार्फत सरकारले दिएको कर छुट सुविधा पुस मसान्तमा सकिएको हो । राजस्व विभागले ५० हजार करदाताले छुट सुविधा उपयोग गर्ने लक्ष्य लिएको भए पनि...
काठमाण्डु, ७ माघ – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले संविधानसभाको अर्काे निर्वाचन सम्पन्न गर्ने दायित्वलाई वर्तमान सरकारले पूरा गरिसकेकाले अब मुलुकलाई आर्थिक क्रान्तिको दिशामा अग्रसर गराउने अभिभारा निर्वाचित दलहरूको भएको बताएका छन् । कृषि विकास बैंकको ४७ औँ वार्षिकोत्सव समारोहलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै मन्त्री कोइरालाले...
फलेवास, ७ माघ–सरकारले बजेट विनियोजनमा प्राथमिकतामा नपार्दा बहुचर्चित उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग अलपत्र परेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त उत्तर दक्षिण लोकमार्गलाई सरकारले प्राथमिकताबाट हटाएर कालीगण्डकी करिडोरलाई बजेट विनियोजन गर्न थालेपछि लोकमार्ग अलपत्र परेको हो । बजेट विनियोजन नहुँदा लोकमार्गको पर्वतको कुस्मादेखि मिर्मीबीचको...
पर्सा, ७ माघ–वीरगन्ज यतिबेला सुन तस्करीको ट्रान्जिट बन्दै गएको छ । पछिल्लो समयमा वीरगन्जमा पटकपटक अवैध सुन पक्राउ परिरहेको घटनाले पनि यसलाई पुष्टि गरेको छ । भारतले सुन आयातमा कडाइ गरेपछि चीनबाट भन्सार छलेर भित्र्याएको सुनको ठूलो परिमाण वीरगन्ज नाका हँुदै भारततर्फ पठाउने गरिएको...
जाजरकोट, ७ माघ–साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाबाट मात्र वितरण हुँदै आएको आयोडिनयुक्त नुन जाजरकोटका विभिन्न बजारमा महँगो शुल्कमा बिक्री वितरण हुँदै आएको छ । जिल्ला शाखाबाट प्रतिपोका नौं रुपैयाँमा बिक्री वितरण हुने गरेको आयोडिनयुक्त नुन सदरमुकामलगायत अन्य बजारमा ३५ देखि ४० रुपैयाँसम्ममा बिक्री वितरण...
दमक, ६ माघ – झापाको सतासीधामस्थित पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा घरबास (होमस्टे) सुरु गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्थानीयस्तरमा घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको हो । महिना दिनअघिदेखि सो क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको स्थानीय बासिन्दाले बताएका छन्...
दार्चुला, ६ माघ – दार्चुलाको कुल खेतीयोग्य जमिनको ७५ प्रतिशत भाग सिँचाइ अभावले बाँझै बसेको छ । जिल्लामा कुल खेतीयोग्य जमिन २९ हजार हेक्टर रहेकामा हाल करिब साढे सात हजार हेक्टर अर्थात् २५ प्रतिशत जमिनमा मात्र सिँचाइ पुगेको छ । ७५ प्रतिशत जमिनमा अझै...