विद्यालयको भौतिक पूर्वाधारमा तीन करोड बजेट

काठमाण्डु टुडे २०७० चैत ५ गते १२:०६ मा प्रकाशित

school-buildingम्याग्दी, ५ चैत – जिल्ला शिक्षा कार्यालयले यस वर्ष म्याग्दीका विद्यालयहरूको भौतिक पूर्वाधार सुधारका लागि तीन करोडभन्दा बढी बजेट वितरण गरेको छ ।

चालु आव २०७०/७१ मा ८१ वटा विद्यालयलाई पूर्वाधार विकासका लागि रु तीन करोड १० उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

चार वटा विद्यालयको नयाँ भवन निर्माणका लागि २४ लाखका दरले ९६ लाख र २० वटा विद्यालयमा दुई कोठे भवन निर्माणका लागि रु सात लाख ५० हजारका दरले एक करोड ५० लाख विनियोजन गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

जिशिअ श्रेष्ठका अनुसार कक्षाकोठा व्यवस्थापन गर्नका लागि ४४ वटा विद्यालयलाई रु एक लाखका दरले रु ४४ लाख, तीन वटा विद्यालयको भवन मर्मतका लागि पाँच लाखका दरले १५ लाख, छात्रामैत्री शौचालय र विद्यालयको बाहिरी वातावरण सुधार कार्यक्रमअन्तर्गत १७ वटा विद्यालयका लागि ५० लाख वितरण गरिएको छ ।

सबै योजनाको सम्झौता भई काम सुरु भएको शिक्षा कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us