हिमालयन बैंकले दश प्रतिशत लाभांश दिने

काठमाण्डु टुडे २०७० चैत ७ गते ११:३६ मा प्रकाशित

himalayan-bank_20120924083232काठमाण्डु, ७ चैत – हिमालयन बैंकको साधारणसभाले खुद मुनाफामध्येबाट सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकको २१ औँ वार्षिक साधारणसभाले शुक्रबार बोनस सेयरको वितरणपछि चुक्ता पुँजी दुई अर्ब ८९ करोड ८० लाख पुग्ने जनाएको छ ।

बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले २१ वर्षदेखि सेवारत बैंंकले सुरक्षित तथा भरपर्दो बैंकका रुपमा विकास गर्नु ग्राहक वर्गको विश्वास तथा व्यवस्थापनको क्रियाशीलताको नतिजा भएको बताए ।

उनले समीक्षा वर्षमा बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ११.९ प्रतिशले वृद्धि भई ५३ अर्ब सात करोड २३ लाख र कर्जा १४.१५ प्रतिशतले बढ्न गई ४१ अर्ब पाँच करोड ७४ लाख पुगेको जानकारी दिए ।

बैंकले आव २०६९÷७० मा एक अर्ब १४ करोड ५९ लाख ७४ हजार सञ्चालन मुनाफा र ९४ करोड ३६ लाख ९८ हजार खुद मुनाफा आर्जन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us