अर्थ

दूधको मूल्य बढ्ने

२०७० माघ १७ गते ३:५९

बनेपा, १७ माघ – नेपाल दुग्ध विकास संस्थानका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव डा. प्रभाकर पाठकले दूधको मूल्य समायोजनका लागि गृहकार्य भइरहेको बताएका छन् । खोरेतको महामारीको अवस्था बुझ्न काभ्रे पुगेका पाठकले पत्रकारहरुसँग कुरा गर्दै दूधको मूल्य बढाउन कार्यदलसमेत बनेको जानकारी दिए । ‘हामी...

नवलपरासी बर्डफ्लुमुक्त जिल्ला घोषित

२०७० माघ १५ गते १०:०३

परासी, १५ माघ– नवलपरासीलाई बर्डफ्लुमुक्त जिल्ला घोषणा गरिएको छ । नवलपरासीको परासीमा क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराले आयोजना गरेको कार्यक्रममा क्षेत्रीय पशुसेवा निर्देशक डा. वंशी शर्माले यो जानकारी दिएका हुन् । बर्डफ्लु नदेखिने मापदण्ड पूरा भएकाले जिल्लालाई बर्डफ्लुमुक्त जिल्ला घोषणा गरिएको हो । निर्देशक शर्माले...

लाखौंको अवैध समान भन्सारमा

२०७० माघ १५ गते ९:२४

सप्तरी, १५ माघ– भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ । उक्त काबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । गस्तीका क्रममा जिल्लाको छिन्नमस्ता, बोदे बर्साइन, तिलाठीलगायतका स्थानबाट नियन्त्रणमा लिएका सामान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै...

धनकुटा औद्योगिक क्षेत्रको मुहार फेरिने

२०७० माघ १५ गते १:५४

धनकुटा, १५ माघ – घोषणा भएको तीन दशक बितिसक्दा पनि गौचरनका रुपमा रहेको धनकुटाको औद्योगिक क्षेत्रको लामो समयको पर्खाइपछि मुहार फेरिने भएको छ । औद्योगिक क्षेत्रको जग्गा उपयोगका लागि सरकारले यो वर्ष व्यवस्थापन कार्य सुरु गर्ने भएपछि औद्योगिक क्षेत्रको मुहार फेरिने भएको हो ।...

ऋण असुल नभएपछि कर्जा लगानीमा समस्या

२०७० माघ १५ गते १:२०

इलाम, १५ माघ । लगानी गरिएको ऋण असुल नभएपछि नगरपालिका आसपासका किसानलाई राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाबाट ऋण लिन समस्या परेको छ । बैंकले इलाम नगरपालिका र सुलुबुङको देउराली क्षेत्रमा लगानी गरेको ३८ लाख ६० हजार ऋण नउठ्दा अन्यत्रका किसानले बैंकबाट ऋण पाउन मुस्किल...

बलेवा विमानस्थल माघभित्रै सञ्चालन हुने

२०७० माघ १४ गते ९:१६

पर्वत, १४ माघ– मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल उद्घाटन भएको छ । नियमित सञ्चालनमा आएको एक वर्षपछि कुस्मा–बलेवा यान्त्रिक पुलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे । निजी क्षेत्रले सामूहिक लगानीमा व्यावसायिक प्रयोजनमा निर्माण गरिएको यो मुलुककै...

कालीगण्डकीमा बेलिब्रिज निर्माण

२०७० माघ १४ गते ७:०७

म्याग्दी, १४ माघ – म्याग्दीको दाना र नारच्याङ गाविसको सिमानामा पर्ने कालीगण्डकी नदीमा मिस्त्रीखोला जलविद्युत् आयोजनाद्वारा बेलिब्रिज निर्माण गरिएको छ । नारच्याङ गाविसमा निर्माणाधीन ४२ मेगावाट क्षमताको सो आयोजनाले करिब रु चार करोडको लगानीमा ५६ मिटर लामो बेलिब्रिज  निर्माण गरेको हो । बेनी–जोमसोम सडकको...

सिँचाइ आयोजना निर्माण गरिने

२०७० माघ १४ गते ७:०५

म्याग्दी, १४ माघ – कृषकलाई सिँचाइ सुविधाको पहुँच पुर्याउने उद्देश्यले म्याग्दीमा चालु आर्थिक वर्ष २०७०/०७१ मा ४२ वटा साना सिँचाइ आयोजनाको मर्मत सम्भार गरिने भएको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा जीर्ण रहेका साना सिँचाइ आयोजनाको मर्मत सम्भार गरिने कार्यालयका...

कञ्चनपुरमा पहिलोपटक केराखेतीको बीमा

२०७० माघ १४ गते ४:०२

कञ्चनपुर, १४ माघ – कञ्चनपुरमा पहिलोपटक केराखेतीको बीमा सुरु गरिएको छ । केराखेती गर्ने व्यवसायीहरुको लगानी सुरक्षित गर्ने उद्देश्यका लागि केराखेतीको पहिलोपटक कञ्चनपुरमा बीमा गरिएको हो । केराखेतीको विस्तार बढेसँगै बीमा सुरु गरिएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा एक गाउँ एक उत्पादन समितिका...

खनिज पदार्थ खोजीको अनुमति विवादमा

२०७० माघ १४ गते १:५९

ताप्लेजुङ, १४ माघ – खानी तथा भूगर्भ विभागले उत्तरी ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र खनिज पदार्थको खोजीका लागि दिएको अनुमति विवादमा परेको छ । विभागले ‘इक्यु मेरिन’ नामक खनिज पदार्थको खोजीका लागि दिएको अनुमति विवादमा परेको हो । वन्यजन्तु तथा संरक्षण विभागको अनुमतिबिना तथा कञ्चनजङ्घा...

दक्षिण कोरिया जानेको कोरियाली बैंकमा खाता अनिवार्य

२०७० माघ १३ गते १२:१२

काठमाण्डु, १३ माघ – गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरेको नयाँ व्यवस्थाअनुसार उक्त प्रणालीअन्तर्गत रोजगारीका निम्ति कोरिया...

स्लेटले उचित बजार पाएन

२०७० माघ १३ गते ११:१०

धादिङ, १३ माघ – बजार भएर पनि व्यावसायिक उत्पादन नहँुदा मार्बलभन्दा पनि उच्चकोटीको स्थानीय स्लेट ढुङ्गाले बजार पाउन सकेको छैन । टायल र मार्बलको साटो घर सजाउन प्रयोग हुने स्थानीय ढुङ्गालाई सरोकारवाला निकायले ध्यान नदिँदा व्यावसायिक उत्पादन हुन नसकेको हो । धादिङको गजुरी गाविस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us