
काठमाण्डु, १७ चैत – धानको उत्पादनमा पर्याप्तमात्रामा वृद्धि गर्न नसक्दा नेपालले प्रतिमहिना एक अर्बभन्दा बढीको चामल आयात गर्ने गरेको छ । कृषि प्रधान देश नेपालले करिब दुइ दशक अघिसम्म आफना जनतालाई उपभोगमा पु¥याइ बढी भएको धान,चामल निर्यात गर्ने गरेको थियो ।
जनसंख्या बृद्धिका साथै खेतीयोग्य जमिन वसोवासका लागि नासिदै गएको र आधुनिक प्रविधिको कृषिमा यथेष्ठ प्रयोग हुन नसकेकाले पनि देशको बढदो जनसंख्यालाई पुग्ने गरी उत्पादन गर्न सकिएको छैन् ।
नेपालमा प्रतिमहिना एक अर्बभन्दा बढीको चामल आयात हुन्छ, धानको उत्पादन बढे मुलुकको आर्थिक वृद्धिदरमा पनि वृद्धि हुन्छ, धान विशेषज्ञ भोलामानसिंह बस्नेतले भने, ‘नेपालको मुख्य खाद्यबाली धान हो ।’
नेपालमा खाद्य बालीको पहिलो धानबाली, दोस्रो मकैबाली, तेस्रो गहुँबाली, चौथो कोदोबाली र पाँचाँैमा जौबाली रहेको छ । त्यसमा पनि सबैभन्दा बढी प्रयोग हुने खाद्य बाली चामल नै हो, धान विशेषज्ञ बस्नेतले भने, ‘धानबाली नेपालको मुख्य खाद्य बाली हो, त्यसकारण सरकारले धानबालीलाई अभियानका रुपमा सुरु गर्नु जरुरी छ ।’
नेपालको सबैभन्दा बढी धान फल्ने जिल्ला झापा हो । २२ वटा हिमाली जिल्लाको बराबर धान एक झापा जिल्लामा फल्दछ । खेती गर्ने तौरतरिकाले पनि धानको उत्पादनमा फरक पर्छ, बाली संरक्षण, पानी, किरा लागे औषधि गर्नाले पनि धानबाली सप्रन्छ, उनले भने, ‘पानीको किरा पनि मानिने धानको फूल खेलेपछि सूर्यको प्रयोग गरेर पनि धानको उत्पादन बढाउन सकिन्छ ।’
तराई क्षेत्रमा तीनतीन महिनामा उत्पादन हुने धानसमेत आइसकेको छ । तराई क्षेत्रमा चैते धानको उत्पादन २० देखि २५ प्रतिशतभन्दा बढी हुन्छ ।
‘जलवायु परिवर्तनका कारणले गर्दा धानखेतीमा पनि प्रभाव परेको छ, रातको समयमा न्यूनतम तामपक्रम १ डिग्री सेल्सियसभन्दा घटेमा १० प्रतिशतले धानको उत्पादनमा कमी हुन्छ’ ान विशेषज्ञ बस्नेतले आफ्नो धानबालीका क्षेत्रमा लामोसमयसम्मको अनुभव सुनाउँदै भने ।
हालसम्म नेपाल सरकारले ५६ वटा धानका जातहरू सिफारिस गरिसकेको छ । मध्ये पहाडमा अत्यन्तै राम्रो उत्पादन हुने धान खुमल–४, उच्च पहाडमा राम्रो उत्पादन हुने धान चन्दननाथ–१ र चन्दननाथ–३, माछापुच्छे–३,जुन जुम्लाको क्षेत्रमा उत्पादन हुन्छ ।
सबैभन्दा बढी स्वादिष्ट तथा बिक्री हुने धान सावित्री र हर्दिनाथ–१ रहेको छ । सरकारले सुखाधान–४, सुखाधान–५ र सुखाधान–६ को सिफारिस गर्ने तयारी गरेको छ । सन् २०११ मा सरकारले सुखाधान–१, सुखाधान–२ र सुखाधान–३ सिफारिस गरिसकेको छ । ती धानका प्रजातिले भने सुक्खा सहन सक्छ । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले भने, ‘सुखा धान ४, ५ र ६ सरकारले सिफारिस गर्न लागेको छ र जुन खानका लागि पनि स्वादिष्ट छ ।’
धानमा मरुवा, डडुवा लाग्ने समस्या छ, धान विशेषज्ञ बस्नेतले थप्नुभयो, ‘कति स्थानमा सिँचाइको अभाव छ, धानमा किरा लाग्ने पनि समस्या छ, कतिपय स्थानमा वातावरण अनुकूल धानको बीउ रोप्नुपर्ने कृर्षकमा ज्ञान पनि छैन ।’
समान्यतया छिटो पाक्ने धानमाभन्दा ढिलो गरी पाकेका धानमा पोषणयुक्त हुन्छ, उहाँले जोड्नुभयो, ‘संसारको सबैभन्दा अग्लो स्थानमा फल्ने धान पनि नेपालमै छ, त्यो धान जुम्लीमार्सी हो, सुनौला धानमा भिटामिन ए पाइन्छ ।’
नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको एकदशक वितिसकेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २००४ (विसं २०६१) लाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेको थियो । सोही वर्षदेखि नेपालमा पनि हरेक असार १५ को दिनलाई धान दिवसका रुपमा मनाउन थालिएको हो ।
संसारमा खान नपाउँदा अशान्ति, झैझगडा हुन्छ । देशमा आत्मनिर्भर बनाउनका लागि धानको उत्पादनमा वृद्वि गर्नुपर्छ भन्ने सोचका साथ धान दिवस मनाउन थालिएको हो ।
‘नौ वर्षदेखि अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान, नेपाल कार्यालय (इरी)ले सुक्खा सहनसक्ने धानका जातहरू परीक्षण गरी नेपाल सरकारबाट सिफारिससमेत गरेकोे छ, इरीका प्रमुख वरिष्ठ वैज्ञानिक डा भवप्रसाद त्रिपाठीले भने, ‘सो कार्यालयले आठ वटा सुक्खा सहनसक्ने र दुई वटा डुबान सहनसक्ने जातहरू सिफारिस गरीसकेको छ ।’
‘इरीले उच्च गुणस्तरको कृषि अनुसन्धान गरी जनशक्ति तयार गर्नका लागि तालिम दिने गरेको छ, ४०÷४५ वर्षदेखि हालसम्म सिफारिस गरेका धानमध्ये ३० वटाभन्दा बढी जात इरीबाट ल्याई नेपालमा परीक्षण गरिएको छ’ उनले भने ।
कृषि अनुसन्धान केन्द्रका अनुसार संसारमा साढे तीन अर्बभन्दा बढी मानिसहरूको खाना चामल हो । एसियामा ९० प्रतिशतभन्दा बढी उत्पादन र खपत हुने खाना पनि चामल नै हो । एसियाली मुलुकमा पनि बढीमात्रामा नेपाल र भारतमा बढी भात खाइन्छ ।
नेपालमा करिब १५ लाख हेक्टर जमिनमा धानखेती गरिएको छ । धानको उत्पादन आर्थिक वर्ष २०७०÷२०७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । धानको उत्पादकत्व भने तीन हजार ३९४ किलोग्राम प्रतिहेक्टर रहेको छ ।