
काठमाण्डु, ८ चैत –नेपाल बिजनेस कन्क्लेभ २०१४ मा सहभागीता जनाउन मलेसियाका पूर्वप्रंधानमन्त्रि डाक्टर महाथिर विन मोहम्मद आज नेपाल आउने भएका छन् ।
दुई दिने नेपाल बसाइको क्रममा पूर्वप्रंधानमन्त्रि डा मोहम्मदले प्रधानमन्त्री सुशील कोइराला, लगायत उच्च राजनीतिक स्तरको भेटवार्ता गर्ने परराष्ट मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा १२ देशका १ सय जना भन्दा बढी सदस्यले सहभागीता जनाउने आयोजक नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।
सम्मेलन भोली र पर्सी राजधानीमा आयोजना हुदैछ ।