मौरीपालनबाट लाखौं गाउँ भित्रिँदै

काठमाण्डु टुडे २०७० चैत ९ गते २:१७ मा प्रकाशित

सल्यान, ९ चैत– जिल्लाको कालीमाटी गाविसका कृषक मौरीपालन व्यवसायतर्फ  आकर्षित भएका छन् ।
कम लगानीमै धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।  मौरीपालन व्यवसायबाट भएको आम्दानीले bee farmingघरखर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ ।

उनले मौरीपालन व्यवसायबाट वार्षिक दुई लाख ५० हजार आम्दानी हुने बताए । कालीमाटी नजिकका सिमलकुना, खैरीकाँडा लगायत जङ्गलमा चिउरी प्रशस्त मात्रामा पाइने भएकाले पनि मौरीपालनका लागि उपयुक्त ठाउँ रहेको छ । मौरीलाई आवश्यक पर्ने फूलहरु जङ्गलमा पाइने भएकाले मौरीपालन व्यवसाय फस्टाएको कृषकहरुको भनाइ छ ।
पहिले दैनिकी चलाउन भारत जानुपर्ने बाध्यता रहे पनि अहिले गाउँमै मौरीपालन गर्दा घरायसी समस्या समाधान गर्नुका साथै केटाकेटी पढाउन सजिलो भएको कालीमाटी–३ का  जयराम वलीले बताए ।
कालीमाटी–३ का ४२ मौरीपालक कृषक गाउँमा मौरीपालन फस्टाएको देखेर अच्चमित भएका छन् । चार वर्षदेखि मौरी पालन थालेका त्यहाँका कृषकले मेली फेरा र शेरना जातका मौरी पाल्ने गरेका छन् । कृषकले यसबाट गाउँमा वार्षिक रुपमा ३१ लाख ५० हजार बराबरको रकम भित्र्याउने गरेका छन् ।

कृषकले उत्पादन गरेको मह लघुउद्यम विकास कार्यक्रमको सहयोगमा सल्यान जिल्लाका विभिन्न स्थानमा स्थापना भएका सौगात गृहबाट बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जिल्ला लद्युउद्यमी समूह सङ्घका कार्यक्रम संयोजक रमेश वलीले जानकारी दिए ।

दाङ, नेपालगन्ज, वुटवल लगायतका बजारमा समेत मह पठाउने गरिन्छ  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us