अर्थ

भिजी सुजुकीको शोरुम पोखरामा

२०७० फागुन ३० गते १०:५४

पोखरा, ३० फागुन – ग्लोवल मोट्र्स प्रालि पोखराले नयाँबजारमा भिजी सुजुकीको शोरुम सञ्चालन गरेको छ । शोरुममा एक लाख ४९ हजार ९०० देखि दुई लाख नौ हजार ९०० मूल्यका भिजी सुजुकी मोटरसाइकल बिक्रीका लागि राखिएको छ । प्रत्येक मोटरसाइकल तथा स्कुटरको बिक्रीमा विशेष छुट...

भूउपयोग नीति ल्याइने

२०७० फागुन २९ गते १२:४०

काठमाण्डु, २९ फागुन – भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताएका छन् । सामुदायिक सारथीले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले ४५ जिल्लामा जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि प्राप्त नागरिकका राय÷सुझाव ग्रहण गर्दै अब सरकारले छिट्टै भूउपयोग...

औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी सुरु

२०७० फागुन २९ गते ११:१७

इलाम, २९ फागुन – इलाममा कृषि उद्योगको विकासमा सहयोग पु¥याउने उद्देश्यले विहीबारदेखि क्षेत्रीयस्तरको तीनदिने औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी सुरू भएको छ । इलाम उद्योग वाणिज्य सङ्घ र घरेलु उद्योग विकास समिति इलामको संयुक्त आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहको हलमा सुरू भएको प्रदर्शनीको प्रमुख जिल्ला...

दुई करोड लगानी गरेर पशुपालन

२०७० फागुन २९ गते १०:५६

कावासोती, २९ फागुन – यहाँका एक पशु स्वास्थ्य कार्यकर्ताले दुई करोडको लागतमा पशुपालन थालेका छन् । जागिरे जीवनसँगै रामदेव महासेठले दुम्कीबासमा गाई र बाख्रापालनमा लगानी गरेका हुन् । डेढ वर्षअघि उन्नत घाँसका आधारमा पशुपालन थालेका महासेठ पशु स्वास्थ्य कार्यकर्तासँगै असल पशुपालक भनेर जिल्लामा चिनिन्छन्...

नदीमा पानी अभावले गहुँखेती प्रभावित

२०७० फागुन २८ गते ११:१६

जनकपुरधाम, २८ फागुन । सुक्खायाम सुरु भएसँगै कमला नदीमा पानीको सतह घट्दा सिँचाइ अभावका कारण धनुषा तथा सिरहा जिल्लामा पचास प्रतिशत गहुँखेती प्रभावित भएको छ । कमला नदीको पानीबाट पश्चिम धनुषाको ५६ गाउँ विकास समितिको १२ हजार ५०० हेक्टर क्षेत्रफल तथा सिरहाको ४० गाउँ...

तीन अर्ब २१ करोडको दूधको कारोबार

२०७० फागुन २८ गते ११:१५

चितवन, २८ फागुन – व्यावसायिक पशुपालनमा अग्रणी जिल्ला चितवनमा यो वर्ष तीन अर्ब २१ करोडको दूधको कारोबार भएको छ । यो वर्ष जिल्लामा ८९ हजार मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले बताए । किसानले पाउने रु ३२ प्रतिलिटर...

घरेलु तथा साना उद्योगको दर्तामा कमी

२०७० फागुन २८ गते ११:१२

काठमाण्डु, २८ फागुन – राज्यले जनस्वास्थ्यलाई ध्यानमा राखी सामाजिक सुधारका अभियानलाई बढी महत्व दिन थालेपछि घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौँमा उद्योग दर्तामा कमी आएको छ । चालु आवको माघ महिनामा काठमाण्डुमा नौ घरेलु उद्योग र २३२ साना उद्योग गरी जम्मा २४१ घरेलु तथा...

पनौती जलविद्युत केन्द्र बन्द हुने अवस्थामा

२०७० फागुन २७ गते १२:०१

बनेपा, २७ फागुन – काभ्रेको खोपासीमा रहेको पनौती जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । तीनवटा टर्वाइन प्रयोग गरेर २४०० किलोवाट विद्युत् उत्पादन गर्ने सो जलविद्युत् केन्द्रको समयानुकूल उपकरण परिवर्तन हुन नसक्दा, पानीको मुहानमा कमी आउँदा र स्थानीय कृषकले मुहानको पानी सिँचाइका लागि...

तीन दिनका लागि मनकामना केबलकार बन्द

२०७० फागुन २७ गते ११:५९

चितवन, २७ फागुन – चितवनको कुरिनटारमा निर्माण गरिएको नेपालकै एकमात्र केबलकार तीन दिनका लागि बन्द गरिएको छ । चितवनको कुरिनटारबाट मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिएको केबलकार मर्मतका लागि भन्दै मंगलबारबाट बन्द गरिएको हो । बन्द भएसँगै मनकामनामा आउने हजारौँ यात्रुलाई सास्ती भएको छ । केबलकार...

अल्लो प्रशोधन केन्द्र व्यवसायी समस्या झेल्न बाध्य

२०७० फागुन २७ गते ११:५१

दार्चुला, २७ फागुन । दार्चुलामा अल्लो अल्लो व्यवसाय बढिरहे पनि प्रशोधन केन्द्र स्थापना नहुँदा समस्या झेल्नुपरेको व्यवसायीहरुले बताएका छन्  । अपी नाम्पा संरक्षण क्षेत्रअन्तर्गत इसिमोडले जिल्लाको खार गाविसमा अल्लो विकाससम्बन्धी कार्य सुरु गर्न थालेपछि यस व्यवसायतर्फ आकर्षित भएका उद्यमीहरु जिल्लामा प्रशोधन केन्द्र नहुँदा समस्यामा...

सत्तरी हजारले अवलोकन गरे धादिङ महोत्सव

२०७० फागुन २६ गते ११:१२

धादिङ, २६ फागुन – धादिङको गलौदीमा सञ्चालित राष्ट्रिय र्याफ्टिङ तथा धादिङ महोत्सवमा ७० हजार दर्शकले अवलोकन गरेका छन् । मेलामा १८० वटा कक्षमा दैनिक उपभोग्य सामान, कृषिजन्य तथा जडीबुटी, कुखुराको मासु, च्याउ, दुग्ध उत्पादन जस्ता वस्तु, हस्तकला तथा छालाका सामान, सूचना प्रविधि, कृषि प्रविधिका...

विद्युत चोरी नियन्त्रण अभियान प्रभावकारी

२०७० फागुन २६ गते ११:०३

चितवन, २६ फागुन – चितवनमा पछिल्लो समयमा सञ्चालित विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत भरतपुर वितरण केन्द्रले मात्रै रु एक करोड ४२ लाख ६७ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । वर्षौंदेखि विद्युतमहसुल नतिरेर बक्यौता रहेका ग्राहक र चोरी गर्नेविरुद्ध गरिएको कारबाहीमा यसरी राजस्व सङ्कलन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us